बधाई ! फुटबलमा नेपाललाई स्वर्ण पदक, भुटान उपविजेता
2.5K
दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतको फुटवलमा नेपालले स्वर्ण पदक हात पारेको छ । दशरथ रङ्गशालामा भएको फुटवल निकै रोमाञ्चक भएको खेलमा नेपालले भुटानलाई २-१ को अन्तरले पराजित गरेको हो । नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलमा नेपालले भुटानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो ।
पहिलो हाफमा नेपालले लिएको सुरुवाती अग्रतालाई भुटानले बराबरी गरेको भए पनि दोस्रो आफमा नेपालले फेरि अग्रता लिएको थियो ।
नेपालका लागि अभिषेक रिजालले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए तर ३७ औं मिनेटमा भुटानका कप्तानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएकोमा दोस्रो हाफको ५३ औं मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई फेरि अग्रता दिलाएका थिए ।