नागरिक पोष्ट News


कलेजोमा क्यान्सर: ‘हेपटाइटिस बी’ क्यान्सरको मुख्य कारण हो, पुरा पढ्नुहाेस

3.2K

कलेजो शरीरको सबैभन्दा ठूलो अंग हो । यसले ग्लुकोज उत्पादन र भण्डारण, पित्त उत्पादन, रगत जम्ने तत्व र कोलेस्ट्रोल उत्पादन गर्छ । क्यान्सर कारण मृत्यु हुनेमध्ये कलेजोको क्यान्सर पाँचौ स्थानमा पर्दछ । 

कारणहरु 

– ‘हेपटाइटिस बी’ कलेजो क्यान्सरको मुख्य कारण हो । ५० प्रतिशत भन्दा बढी क्यान्सरको कारक हेपटाइटिस बी लाई मानिन्छ । 

 – खानेकुरामा पाइने एक किसिमको टक्सिनले कलेजोमा समस्या ल्याउँछ । भण्डारण गरेर राखिने अन्नमा पाइने ढुसीबाट टक्सिन उत्पादन हुन्छ, जसलाई नष्ट गर्न सकिँदैन । अन्य टक्सिनको प्रभाव पनि कलेजोमा पर्छ । 

– लिभर सिरोसिस अर्थात कलेजोमा आउने कडापनबाट पनि क्यान्सरको खतरा हुन्छ । अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिमा सिरोसिस हुने गर्छ । 

– नेपालमा अत्यधिक मदिरा सेवन नै कलेजोको क्यान्सरको मुख्य कारण बन्ने गरेको छ । 

 उपचार 

क्यान्सरको स्टेजका आधारमा यसको उपचारमा विभिन्न पद्धति अपनाइन्छ । सुरुको स्टेजमै कलेजोको क्यान्सर पत्ता लागेमा औषधि प्रयोग गर्न सकिन्छ ।

प्रभावित भागलाई निकालेर पनि यसको उपचार गरिन्छ । क्यान्सर एड्भान्स स्टेजमा पुगिसकेका खण्डमा किमोथेरापी गरिन्छ । कलेजो पुरै बिग्रको खण्डमा प्रत्यारोपण विधि अपनाइन्छ ।

Must View