नागरिक पोष्ट News


ज्योति मगर : बिहेका लागि केटाको खोजीमा, मलाई मन पर्ने ड्रेस स्कर्ट र वान पिस हो

2.8K

१२ वर्षअघि रुकुमबाट उच्चशिक्षा हासिल गर्न र कलाकार बन्न ज्योति मगर काठमाडौं आएकी थिइन्। रोल्पा नुवागाउँमा जन्मिएकी उनले काठमाडौं आएर गायन यात्रा थालिन्। केही समय नृत्य कलाकारका रूपमा काम पनि गरिन्।त्यस क्रममा अग्रजकै संगतका कारण उनले गायन यात्रा अघि बढाउने अवसर पाइन्। सयभन्दा बढी गीत गाइसकेकी ज्योति पछिल्लो समय मोडलका रूपमा पनि स्थापित भएकी छन्। उनले लोकदोहोरीमा महँगो पारिश्रमिक लिने मोडलका रूपमा परिचय बनाएकी छन्। 

स्टेज कार्यक्रमबाट कस्तो कमाइ राम्रो छ। स्टेज कार्यक्रमबाटै कमाएर काठमाडौं काँडाघारीमा घर बनाएकी छु। वर्षमा ५/७ वटा स्टेज कार्यक्रम विदेशमै हुन्छ। स्टेज कार्यक्रमको कमाइबाट पूर्ण सन्तुष्ट छु।

Image result for बिहेका लागि यस्तो केटाको खोजीमा छिन् ज्योति मगर

अचम्म के भने ८० वर्ष नाघेका हजुरबुबाहरू पनि मेरो स्टेज कार्यक्रम हेर्न आउनुहुन्छ। उहाँहरू पनि ‘हुटिङ’ गर्दै नाच्नुहुन्छ। ज्योति मगरलाई नै हेर्न आएको हुँ भन्नुहुन्छ। खुसी लाग्छ।

मलाई मन पर्ने ड्रेस नै सर्ट स्कर्ट र वान पिस हो। त्यसमा मलाई दर्शक हेर्न चाहनुहुन्छ। छोटो स्कर्ट लगाउँदा के भयो त ?

अहिलेसम्म साइत जुरेकै छैन। मलाई इन्टरफेयर नगर्ने, परिवार र समाजप्रति जिम्मेवार।कुल, आर्थिक अवस्था राम्रो र पैसा कमाउने होस्। समझदार र सहयोगी भावनाको आफूमै ‘डिपेन्डेन्ट’ हुनसक्ने केटाको खोजीमा छु।

Must View