नागरिक पोष्ट News


द्वारिकादेवी ठकुरानी : नेपालकै पहिलो महिलामन्त्री, २०१६ सालमा स्वास्थ्य र स्थानीय उपमन्त्री

2.7K
द्वारिकादेवी ठकुरानी नेपालको पहिलो महिला मन्त्री हुन्। उनी प्रधानमन्त्री बीपी कोइराला नेपाली कांग्रेसको तर्फबाट २०१६ सालमा स्वास्थ्य र स्थानीय उपमन्त्री बनेकी थिइन्। वि.सं. २०१५ सालको पहिलो आम निर्वाचनमा ठकुरानी डडेल्धुराबाट उम्मेदवार भएकी थिइन्।

२०१५ सालको निर्वाचनमा जम्मा ७ जना महिला प्रतिस्पर्धी थिए। त्यसमध्ये एक महिलाले आम निर्वाचनमा विजयी भएर सबैलाई आश्चर्यचकित पारिन्, ती थिइन्, द्वारिकादेवी चन्द ठकुरानी।

द्वारिकादेवीका दाजु शिवराज पन्त नेपालको सुदुरपश्चिम क्षेत्रमा प्रखर कांग्रेसी नेता थिए। १५ सालको निर्वाचनमा पन्त डोटीको दुई स्थानबाट विजयी भएका थिए। जसमध्ये एक स्थानमा पन्तले पश्चिम क्षेत्रकै निकै लोकप्रिय नेता के.आई. सिंहलाई हराएका थिए।

दाजुसँगै कांग्रेसी राजनीतिमा द्वारिका पनि सक्रिय थिइन्। त्यो बेलाको निकै संकीर्ण समाजमा पनि उनको अन्तरजातीय विवाह भएको थियो। ब्राम्हणको घरमा जन्मिएकी उनले ठकुरीसँग प्रेम विवाह गरेकी थिइन्।

उद्धवबहादुर चन्दसँग उनको विवाह दुवै परिवारको मन्जुरीमै भएको थियो। द्वारिकाका पति समाजिक रुपमा निकै सक्रिय थिए। द्वारिका र उनका पति उद्धव, २००३ सालमा नेपाली कांग्रेस नेता वीपी कोइरालाबाट एकैसाथ कांग्रेस सदस्यता प्राप्त गरेपछि राजनीतिमा सक्रिय थिए। पति उद्धवको २०१० सालमा निधन भयो।

द्वारिकादेवीले त्यस क्षेत्रका प्रभावशाली नेता के.आई. सिंहको पार्टी संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवारलाई हराएक थिइन्। द्वारिकाले ३ हजार ९ सय २ भोट पाइन्। उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका लक्ष्मीदत्त भट्टले १ हजार ८ सय ३१ मत पाएका थिए।

द्वारिकादेवी ठकुरानी, स्वास्थ्य तथा स्वायक्त शासन उपमन्त्री बनिन्। इतिहासमा द्वारिकाको नाम नेपालकै पहिलो महिला मन्त्रीको रुपमा लेखियो। 

Must View