Salute Indian Police जहाँ डाक्टरलाई बलात्कार गरेर मारे, त्यहीँ पुलिसले लगेर गोली ठोकिदियो
2K
हैदराबाद। महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको छ । हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई बलात्कार गरेर मारेका थिए । तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आरोपीलाई इन्माउन्टर गरिदिएको हो ।
हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको शव भेटिएको थियो । पुलिसले चारैजना आरोपीलाई घटनाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो ।
पुलिसका अनुसार घटनाको रिक्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गोली हानेर मार्नुपरेको थियो ।
- News Source : Social MZedia