नागरिक पोष्ट News


प्रधानमन्त्री स्वास्थ्य भए : अस्पतालबाट डिस्चार्ज, केही दिन अझै आराम भने गर्नुपर्ने छ

2.3K

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । उनी विहिवार १० दिन पछि डिस्चार्ज भएका हुन् । प्रधानमन्त्री ओली डिस्चार्ज पछि निवासतर्फ लागेका हुन् ।

प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको शल्यकृया गरिएको थियो । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए । चिकित्सक डा अरुण शायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको बताए ।

अस्पतालवाट डिस्चार्ज भए पनि उनी केही दिन अझै आराम भने गर्नुपर्ने छ । श्रेष्ठका अनुसार अस्पतालमा उनको उपचारमा संलग्न चिकित्सकले नै केही हप्ता प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निगरानी गर्नेछन्। प्रधानमन्त्रीकी निजी चिकित्सक डा। विद्या सिंहका अनुसार अझै एक सातासम्म प्रधानमन्त्री ओलीले अन्य क्रियाकलाप र भेटघाटमा सहभागी नभइ आराम गर्नुपर्नेछ ।

Must View