सामाजिक क्रान्तिको शुरुवातः जनकपुरमा ३७ जोडीले दाइजोविरोधी सामूहिक विवाह
1.9K
जनकपुरमा ३७ जोडीले दाइजोविरोधी सामूहि विवाह गरेका छन् । दाइजो प्रथाबाट प्रताडित नेपालको पूर्वी तराइमा यसलाई एक महत्वपूर्ण सामाजिक क्रान्तिको रुपमा हेरिएको छ ।
सामूहिक विवाहमा सामेल ३७ जोडी बेहुला बेहुली उत्साहित थिए। उनीहरुको सामुहिक विवाहको लागि सबै व्यस्थापन विश्व हिन्दु परिषदले मिलाएको थियो। धार्मिक मान्यता अनुसार त्रेता युगमा आदर्शनारी सीता र भगवान रामको मणिमण्डपमै विवाह भएकै स्थलमा पहिलो पटक परिषदले सामुहिक विवाह आयोजन गरेको थियो। १०८ जोडीलाई सामुहिक विवाह गर्ने लक्ष्य लिए तापनि ३७ जोडी मात्र विवाहका लागि भेटिए। तर उनीहरुको विवाहको सम्पूर्ण व्यवस्थापन परिषदले गरिदिएको छ।