नागरिक पोष्ट News


१३ औं सागमा कुन देशले कति पदक तिजे ? (तालिकासहित)

1.7K

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को  चौथो दिन नेपाललाई पदक तालिकामा भारतले उछिनेको छ।  १५ स्वर्ण जितको भारतले  थप १९ स्वर्ण जित्दै स्वर्ण पदक संख्या ३२ पुर्याएको छ। शीर्ष स्थान कब्जा गरेको भारतले ३४ स्वर्ण, २३ रजत र १३ काश्यसहित ७० पदक जितेको छ। भारत चौथो दिनमा आएर शीर्ष स्थानमा उक्लिएको हो।

दोस्रो स्थानमा रहेको नेपालले  थप ६ स्वर्ण जितेको छ। नेपालले पहिलो दिन सोमबार १५ स्वर्ण जितेको थियो भने  थप ८ स्वर्ण जितेको थियो। यस्तै  ६ स्वर्ण जित्यो। नेपाल बुधबारका खेल सकिएपछि २९ स्वर्ण, १५ रजत र २५ काश्यसहित ६९ पदकसहित पदक तालिकाको दोस्रो स्थानमा झरेको छ।

यस्तै तेस्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ काश्यसहित ४५ पदक जितेको छ। उता चौथो स्थानमा रहेको श्रीलंकाले ८ स्वर्ण, २३ रजत र ३८ काश्यसहित ६९ पदक जितेको छ। यस्तै पाँचौ स्थानको बांगलादेशले ४ स्वर्ण, ७ रजत र २६ काश्यसहित ३७ पदक जितेको छ। छैटो स्थानमा रहेको माल्दिभ्सको १ स्वर्ण र २ काश्यसहित ३ पदक छ। उता अन्तिम सातौं स्थानमा रहेको भुटानले हालसम्म स्वर्ण पदक जित्न सकेको छैन। उसले ४ काश्य पदकमात्र जितेको छ।

Must View