नागरिक पोष्ट News


क्रुरताको पराकाष्टा ! टायर पन्चर भएर अड्किएकी डाक्टरको बलात्कारपछि जलाएर हत्या

2.7K

भारतमा २६ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका को बलात्कारपछि हत्या भएको छ। हैदरावादको शादनगरकी  भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी  अस्पतालबाट घर फर्किँदै थिइन्।  उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो।

त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रैछ।  रात परिसकेको थियो। नजिकै वर्कसप थिएन। उनी त्यहीँ अड्किएकी थिइन्।

प्रियंकालाई दुई जना पुरूषले सहयोग गर्ने बताए। उनलाई सुरूमै ती दुईजनासँग डर लागिरहेको थियो तर घर पनि जानु नै थियो।

उनले सहयोग स्वीकारिन् तर केही गरिहाल्छन् कि भन्ठानेर आफ्नी बहिनीलाई फोन गरिन्। भनिन्-म तँसँग कुरा गर्दै आउँछु फोन नकाट्नु।

केहीबेरपछि त प्रियंकाकै फोन स्विच अफ भयो।

छोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरे।

प्रहरीले खोजी थाल्यो।  रातभरि केही पत्ता लागेन।

बिहीबार बिहान शादनगरको चतनपल्ली गाउँका एक किसानले महिलाको शव ह्युम पाइपभित्र भेटिएको खबर पठाए।

प्रहरी घटनास्थलमा पुग्यो। त्यहाँ जलेको अवस्थामा प्रियंकाको शव भेटियो।

घटनास्थलमा प्रियंकाको स्कार्फ, माला, जुत्ता, पर्सलगायतका सामान पनि आधा जलेको अवस्थामा भेटिए।

प्रहरीले घटनाको अनुसन्धान गर्न १० सदस्यको टोली बनाएको छ।

प्रियंकाको बलात्कारपछि हत्या भएको देखिएको छ। बलात्कारको पुष्टी हुन नसकोस् भनेर उनीहरूले प्रियंकालाई जलाएको हुनसक्ने प्रहरीको ठहर छ।

प्रियंका हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ। 

Must View