नागरिक पोष्ट News


बाराको गढीमाई मेलामा पशुबलीको चर्चा

2.2K

प्रत्येक ५ ५वर्षमा बाराको गढीमाई मेलामा ५ हजार पशुबली दिदै आएको छ ।   मुख्य पूजा सम्पन्न भएपछि भोलिपल्ट बिहान पञ्चबली दिइन्छ ।

पञ्चबलीमा बोका, कुखुरा, परेवा, मुसा र राँगा बली पर्छ । गढीमाईलाई हाँस, कुखुरा, सुँगुर लगायत अन्य विभिन्न समेत पशुबली दिइन्छ । पशुबली अघि नरबली दिने चलन छ । चौधरी समुदायका धामीले जिब्रो, आँखा मुनि, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर चढाउँछन् ।

‘मुख्य पूजा नै मान्छेको रगत चढाउने हो, हामी सबैले दिन सक्छौं तर गढीमाईको मन्दिर छेउमा हुँदा प्रत्येक दिन रगत दिनुपर्ने हुन्छ,’ मुख्य पुजारी चौधरीले भने ‘त्यसैले हामीले धामी मानेका छौं, उनीहरु जहिले आउँछन् । रगत चढाउनैपर्छ ।’ मूल पुजारी शिव चौधरीले बताए ।

गढीमाई मन्दिर बाराको महागढीमाई नगरपालिका अन्तर्गत बरियारपुर गाउँमा पर्छ । तराईमधेस क्षेत्रको विश्व प्रसिद्ध शक्तिपीठ हो । बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच–पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ ।

Must View