नागरिक पोष्ट News


लुकेको तथ्य ! विहान उठेर हत्केलाको दर्शन गर्नुहोस् दिन नै शुभ हुन्छ यसरी

7.7K

उठ्ने वित्तिकै गर्नु पर्ने दैनिक संस्कारको चर्चा गरिएको छ।

हत्केलाको दर्शन विहान उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्नु उत्तम मानिन्छ। हरेक मानिस दिनभरी शान्त र प्रसन्न रहन चाहन्छ। यसका लागि हामीले उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्ने गर्‍यो भने दिन शुभ हुने शास्त्रमा उल्लेख छ।

विहान उठ्ने वित्तिकै पुस्तक हेरे जस्तै गरी हत्केलाको गर्दा दिनभर मन शान्त र प्रसन्न रहने उल्लेख छ।

कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती। कर मूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम्॥

अर्थात: मेरो हातको अग्रभागगमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ ।

हातको दर्शन गर्दा यो मन्त्र बोल्नु राम्रो मानिन्छः कराग्रे वसते लक्ष्मीस् करमध्ये सरस्वती। करमूले तू गोविन्दः प्रभाते करदर्शनम ॥

अर्थात : मेरो हातको अग्रभागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा भगवान विष्णुको निवास छ। हातको दर्शन गर्दा आफ्नो भाग्यमा नभएर कर्ममा विश्वास गर्नु पर्छ। यसरी हातको दर्शन गर्दा जीवनमा धन, सुख र ज्ञान प्राप्त हुने शास्त्रको भनाइ छ।

हातको दर्शन गर्नुको अर्थ हो मेरा हातबाट कुनै पनि खराव काम नहुन्। सबै कल्याणको काम मात्र होस्।

हातको दर्शन नै किन ? हाम्रो संस्कारले सदैव सत्कर्मको सन्देश दिन्छ। र अधिकाँश कर्म हातबाटै गरिन्छ। धर्म, अर्थ, काम र मोक्ष पाउनु पुरुषार्थ मनिन्छ। यी सबैमा हातको भूमिका प्रधान हुने भएका कारण पनि हातको दर्शन गर्न भनिएको हो।

Must View