नागरिक पोष्ट News


क्रुरताको पराकाष्टा : रक्सी खुवाएर सामूहिक बलात्कार, २७ किलोमिटर टाढा लगेर जलाए यसरी

2.3K

भारतको हैदराबादमा महिला डाक्टरमाथि क्रुरताको घटना विवरण खुलेको आज तकले समाचार लेखेको छ ।

पुलिसका अनुसार २७ नोभेम्बरका दिन महिला डाक्टरलाई ट्रक ड्राइभर र उनका साथीहरुले अपहरण गरे । आरोपीहरुले पीडितलाई सुनसान ठाउँमा लिएर गए र उनलाई जबरजस्ती रक्सी खुवाए त्यसपछि सामूहिक बलात्कार गरे । एक आरोपीले मुख र नाक दबाएर पीडितको ज्यान लिए । त्यसपछि त्यहाँबाट २७ किलोमिटर टाढा लगेर पेट्रोल हालेर लाश जलाए । शवको नजिकै पीडितको फोन घडी लुकाए ।

चारैजना आरोपी बाल्यकालका साथी हुन् । आरोपी मोहम्मद आरिफ ट्रक ड्राइभर हुन् । बाँकी तीनैजना क्लिनर हुन् । आरोपी नम्बर १ – नाम मोहम्मद आरिफ, उमेर २६ वर्ष, पढाइ १० कक्षा पास । आरोपी नम्बर २ – नाम शिवा, उमेर २० वर्ष । आरोपी नम्बर ३ – नाम नवीन कुमार, उमेर २० वर्ष, नवीन र शिवाको आपसमा नाता पर्छ । आरोपी नम्बर ४ – नाम चेन्ना केशवल्लु, उमेर २१ वर्ष, परिवार खेली गरेर गुजारा गर्छ, एक वर्ष पहिले उनको बिहे भएको थियो ।

Must View