नागरिक पोष्ट News


मङ्सिर महिना, विवाह र दाईजो : समय परिवर्तन भयो तर मानसिकता परिवर्तन हुन सकेन

2.6K
  • साधना बस्नेत, काठमाडौं

मङ्सिर लागेसंगै बजारमा छुट्टै चहलपहल हुन्छ । मङ्सिर महिनालाई विवाहको उत्तम महिनाको रुपमा हेरिन्छ। दुई आत्मा बिचको मिलन । दुई परिवार बिचको अटुट सम्बन्धको रुपमा विवाहलाई हेरिन्छ । विवाह एउटा पवित्र बन्धन हो । तर यो पवित्र बन्धलाई लेनदेनको व्यापार बनाइरहेका छन् कतिपयले । आज पनि मधेशमा छोरीहरु दाईजोको कारण ज्यूदै जल्न बाध्य छन् । तिलकको नाममा मागिने सम्पतिले यो समाजमा अपराध बढाइरहेको छ ।आज पनि मधेशमा छोरा जन्मदा खुशियाली र छोरी जन्मदा रुवावाशि हुन्छ भने भुर्न हत्या पनि बढ्दो छ ।

मधेशमा मात्र नभएर यो समस्या के पहाड के तराई के हिमाल सर्वत्र व्यापक छ मात्र प्रक्रिया फरक हो । हामी एक्काईसौ शताब्दीमा आइपुगी सक्दा पनि हाम्रो सोच भने ढुङ्गे युगमै रह्यो । समय परिवर्तन भयो तरसोच परिवर्तन हुन सकेन । अझ शहरी भेगमा हेर्ने हो भने यो दाइजो समस्या व्यापक देखिन्छ । पढेलेखेका भद्र भलादमी हरुबाटै दाईजो प्रथाको प्रोत्सहान भइरहेको छन् । अहिले त झन प्रतिस्पर्दा नै चलिरहेको छ । होडबाजि नै चलिरहेको हुन्छ कसले कति दिने र कति लिने भनेर । दाईजो पाउनेलाई भन्दा रमितेलाई बढी चासो दाईजो परापुर्वकाल देखि चल्दै आईरहेको एउटा प्रथा हो । छोरीलाई विदाई गर्दा उनलाई अतिआवश्यक कुराहरुको अभाव नहोस नयाँ घरमा जाने बितिकै भनेर बाबु आमा आफन्तहरुले दिने उपहार हो । तर यसलाई मानिसहरुले कूरिती नै बनाई दिए । छोरीलाई दाईजो भन्दा उचित शिक्षा दिएर आफ्नो खुट्टामा उभिने बनाउनुपर्छ भन्ने कुरा धेरैले मनन गरे पछिल्लो समयमा र धेरै महिला शिक्षित पनि भए । तर पूर्ण शिक्षा भने पाउन सकेनन् । छोरी एक्काईस बाईस वर्ष पुग्न नपाई आमा बाबुले राम्रो खानदानको केटा आउनेसाथ बिहेगरेर पठाई दिने प्रवृतिले नारीले आफ्नो सपना अपुरै राख्नु पर्ने र अरुको हेपाई खानु पर्ने बाध्यता छ ।

यहाँ आश्चर्यको कुरा त के छ भने दाईजोको पूर्ण हककर्ता भनेको दुलही हो तर चासो भने रमितेलाई भइरहेको हुन्छ । हाम्रो समाजमा एउटा यस्तो जमात छ जसको काम भनेको चियो चर्चाे गर्ने । अझ यो विवाहको मौसममा त झन् उनिहरुलाई भ्याई नभ्याई हुन्छ । कसको छोराको विवाहमा कति दाईजो आयो, सम्धी भेटमा कति गहना दिए यावत कुराहरु ह्ुन्छन् । यस्तो वर्गमा शिक्षित शहरी वर्गकोनै पर्दछन् । नियम कानुन बने तर कार्यान्वयन हुन सकेन सरकारले कुनै पनि बुबाआमाले छोरीको दाईजोको भार खेप्न नपरोस कुनै पनि चेली दाईजो नल्याएकै कारण अकालमा मर्न नपरोस् , कसैबाट अपहेलित हुन नपरोस, शाररिक र मानशिक यातना सहनु नपरोस भनेर ऐन निर्माण गरेको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद –११ को दफा १७४ मा विवाहमा लेनदेन गर्न नहुनेः उपदफा ९१० अनुसार आफ्नो परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन । ९२० उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । धेरै घटना विवाह पश्चात पनि हुने भएकाले यसलाई मध्य नजर गर्दै विवाह पश्चात महिलाले असुरक्षित महशुस गर्न नपरोस भन्ने मनशायले गरिएको कानुनी व्यवस्था ९३० कसैले विवाह गरी सकेपछि उपदफा ९१० बमोजिमको चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न हुँदैन । ९४० उपदफा ९३० बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । ९५० उपदफा ९१० वा ९३० बमोजिम कुनै सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनुपर्नेछ ।

त्यति मात्र हैन, घरेलु हिंसा ९कसुर र सजाय० ऐन, २०६६ अनुसार, महिलालाई दिइने आर्थिक यातना भन्नाले सगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत र साधनको पहुँच वा प्रयोगमा वञ्चित गर्ने कार्य सम्झनुपर्छ। र, सो शब्‍दले महिलाको हकमा दाइजो माग गर्ने, दाइजो ल्याउन दबाब दिने वा दाइजो नल्याएको कारणबाट गरिने घृणा, हेला वा तिरस्‍कार समेतलाई जनाउँछ। तर अपसोच यो नियम कार्यन्वयन भने भएको देखिदैन ।

नारीलाई लाखौंको गरगहना भन्दा सम्मान र मायाको खाँचो छ हाम्रो समाज यति विकसित हुदै छ तर संस्कार विकसित हुन सकिरहेको छैन । सोचाई उही देखावटी । कुनै विवाहमा जानुस् दुलहीलाई यसरी गहना लगाइदिएको हुन्छ मानौं उनी कुनै गहनाको विज्ञापन गर्दैछिन् । यो किन बुझिदैनकी एउटा नारीलाई पराया घरमा गहनाले ढाकिदिनु भन्दा मायाले ढाकीदिनु त्यो लाखौंको गहना भन्दा करौंडौं गुणा ठूलो हुन्छ । र सबै नारीको चाहना पनि यही हुन्छ की उनीलाई छोरीजस्तो व्यवहार गरीयोस्, दिदीबहिनी जस्तो ठानियोस र साथिजस्तो साथ पाईयोस् । एउटा सुन्दर सुखी परिवार माया र सम्मान बाटै निर्माण हुन्छ ।

Must View