नागरिक पोष्ट News


मंसीर १५ गते बिजोर नम्बर भएका सवारी मात्र चल्ने ! लापरवाही गर्नेलाई यस्तो कारवाही

3.7K

काठमाडौं । भोलि मंसीर १५ गते बिजोर गाडी नम्बर त्यो अत्यावश्यक भए मात्र चलाउन पाइन्छ, यदी जोर छ भने  गाडी नचलाउनुहोस् । प्रहरीले समाएर दिनभरी राख्नसक्छ । बिजोर छ र गाडी चलाउनै पर्ने भए काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्दै नगर्नुहोस् । किनकी,  दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग)हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

समापनको दिन मङ्सिर २४ गते भने जोर नम्बरका गाडी मात्रै चलाउन पाइने छ ।

सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीका लागि भने यो नियम लागू हुने छैन । जथाभावी रुपमा बाटो नकाट्न र हर्न नबजाउनसमेत प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ । सागका लागि प्रहरीले पार्किङ व्यवस्थापनलाई चुस्त बनाएको छ । सर्वसाधारणका लागि टुँडिखेल र पत्रकारका लागि नेपाली सेनाको अफिसर्स क्लबमा सवारी पार्किङको व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमित बाहेक खेलकै लागि ७ सय ट्राफिक प्रहरी खटाएको छ ।

Must View