नागरिक पोष्ट News


‘बैंक अफ दि इयर 2019' को उपाधि मेगा बैकलाई

2.4K

नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्षभन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘दि बैंकर’ले सन् २०१९ का लागि अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो ।

‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका १ हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंक छनोट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ ।  

मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको छ ।  

 ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटीएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ केन्द्र तथा २,५०० भन्दा अधिक मेगा रेमिटका प्रतिनिधि रहेका छन् ।

Must View