नागरिक पोष्ट News


‘अपाङ्गता सहायता सामग्री वितरण’कार्यक्रम २०७६ सम्पन्न, अपाङ्गता ऐन/कानून  कार्यान्वयनमा जोड

3.1K

कार्यक्रममा उपप्रधान तथा कानूनमन्त्री यादवको  अपाङ्गता ऐन/कानून  कार्यान्वयन गर्ने प्रतिबद्धता

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रद्वारा  काठमाडौंमा आयोजित ‘राष्ट्रिय सम्मान तथा अपाङ्गता सहायता सामग्री वितरण’ कार्यक्रममा उपप्रधान तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले उनले अपाङ्गता भएका व्यक्तिको अधिकार प्राप्तिका लागि भएका ऐन/कानून र नीतिको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

केन्द्रका अध्यक्ष नीलकण्ड पौडेलले संघ, प्रदेश र स्थानीय तीनै सरकारले अपाङ्गतामैत्री बजेट प्रस्तुत नगरेको भन्दै अपाङ्गतामैत्री बजेटका लागि आग्रह गरे ।

केन्द्रले १ करोडको अपाङ्गता अक्षय कोषको समेत स्थापना गरेको छ । कार्यक्रममा अपाङ्गताको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्नुका साथै अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर र वैशाखीसमेत वितरण गरिएको थियो । 

Must View