भोलि मंसीर १५ गते उपत्यकामा बिजोर नम्बर भएका सवारी मात्र चल्ने (ट्राफिक सूचनासहित)
2.7K
काठमाडौं । नेपाल प्रहरीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएको छ । सागका बेला ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको पनि नेपाल प्रहरीले बताएको छ । जसअनुसार मंसिर १५ गते बिजोर र मंसिर २४ गते जोर नम्बरको सवारी साधन चलाउन पर्ने छ । यस्तै उद्घाटन र समापनका बेला रंगशालामा खेल हेर्न आउने सर्वसाधारणका लागि पार्किङको व्यवस्था टुँडिखेलमा गरिएको छ ।