नागरिक पोष्ट News


बैंक कर्मचारीमाथि बैंकहरुको श्रमशोषण ! काउन्टरमा काम गर्नेलाई ११ घण्टासम्म काम गर्नुपर्ने

2.7K

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले कर्मचारीको श्रम शोषण गरिरहेको निष्कर्ष निकालेको छ । केन्द्रीय बैंकमा परेको उजुरीअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरुलाई देनिक १० देखि ११ घण्टासम्म काम लगाएर श्रम शोषण गरेको अनुमान लगाएको हो ।

बैंक तथा वित्तीय संस्थाले काउन्टरमा बस्ने कर्मचारीलाई डिपोजिटको टार्गेट दिने, उनीहरुलाई अनधिकृत रुपमा दैनिक १०(११ घन्टासम्म काम लगाउने गरेको पाइएको राष्ट्र बैंकले जनाउको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ताका अनुसार केही बैंक तथा वित्तिय संस्थाले कर्मचारीहलाई अतिरिक्त समय काम लगाएर पनि पारिश्रमिक नदिएका उजुरी पनि आइरहेका छन् । राष्ट्र बैंकले अब ती उजुरीका आधारमा छानबिन गर्नेछ । बैंकहरुले कर्मचारीलाई कामको दबाक दिँदा कर्मचारीहरुमा मानसिक त्रास उत्पन्न हुने गरेको छ ।

यस्तो उजुरी आइरहँदा बैंकहरुले कर्मचारी दिने सेवा सुविधा भने कमै देखिन्छ । एउटा बैंकको उाहरण लिन सकिन्छ । बैंकको वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृत एक्लैलाई बैंकले २ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ । जसमा तलबसहित नियम बमोजिम प्रदान गरिने सुविधाहरु (जस्तैः सञ्चयकोष, औषधोपचार, सवारीसाधन सुविधा, मोवाईल फोनको भुक्तानी सुविधा तथा वोनस ऐन बमोजिमको वोनस ईत्यादि) समावेश छन् ।

उल्लेखित प्रतिवेदनमा देखिएको रकम एउटा व्यक्तिका लागि बैंकले प्रतिमहिना १९ लाख ४० हजार रुपैयाँ खर्च गरेको देखिन्छ । सोही बैंकको प्रतिवेदनमा बैंकले प्रबन्धक र सोभन्दा अन्य पदाधिकारीहरुलाई १३ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । प्रतिवेदन गत वर्ष सो बैंकले कुल कर्मचारी खर्च जम्मा १ अर्ब १५ करोड रुपैयाँ गरेको छ । अर्थात् बैंक प्रबन्धक भन्दा सानो पदका कर्मचारीमा बैंकले वर्षभर ९९ करोड रुपैयाँ खर्च गरेको छ ।

बैंकमा सबै पदमा गरी कुल ७ सय ७६ जना कर्मचारी छन् । यसअर्थात् तल्ला पदका कर्मचारीमा बैंकले माथिल्लो पदका कर्मचारीको तुलनामा कम नै खर्च गर्दछ ।

-News Source : http://www.arthatantra.com/2019/11/28/54810/

Must View