नागरिक पोष्ट News


प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने

2.3K

प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ ।

खुद्रा बजारमा प्याजको भाउ भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । हाम्रोमा आठ/दस दिनभन्दा धेरै प्याज भण्डारण गर्न पनि सकिन्न । त्यसैले अहिले खुद्रा २०० देखि २२० रुपियाँसम्म पुगेको प्याजको भाउ थप बढ्न सक्ने व्यापारी बताउँछन् ।उपभोक्ता अधिकारकर्मीहरू सरकारको अनुगमन नै नभएकाले प्याज व्यापारीले मनपरी भाउमा बिक्री गर्ने गरेको आरोप लगाउँछन् ।२०० देखि २२० रुपियाँसम्म कारोबार भइरहेको छ ।

Must View