नागरिक पोष्ट News


बेहुलीको पोशाकमा दिउँसै सडकमा युवती दौडिएपछि

2.4K

काठमाडौं। थाइल्याण्डको राजधानी बैंककमा गत आइतबार एउटा अनौठो दौड प्रतियोगिताको आयोजना गरिएको थियो। यो दौड प्रतियोगिताको नाम वेडिंग प्याकेज राखिएको थियो। यो दौड प्रतियोगितामा करिव ३०० युवती बेहुलीको पोशाक लगाएर दौडिएका थिए। 

वर्षैपिच्छे आयोजना हुने यो प्रतियोगितामार्फत युवतीहरुको विवाहलाई अविस्मरणीय बनाइन्छ। यो प्रतियोगिताको मुख्य उद्देश्य भनेको वेडिङ प्याकेज जितेर आफ्नो विवाह भव्य तरिकाले गर्न सकुन भन्ने हो।

यो प्रतियोगिताको विशेषता भनेको बेहुलीसँगै बेहुला पनि दौडिन पाउँछन्। यो प्रतियोगितामा गत वर्ष करिव १०० युवतीले भाग लिएका थिए। तर यो वर्ष करिव ३०० युवतीले यो प्रतियोगितामा भाग लिएका थिए।

Must View