महिला हिंसा महिलाबाटै अन्त्य गरौं - सन्दर्भ १६ दिने महिला हिंसा अभियान
- साधना बस्नेत
महिला हक, महिला हिंसा,महिला समानताको अभियान चलिरहदा यहाँ मलाई केही कुरा राख्न मन लाग्यो । आज सडकमा महिला हिंसा, महिला समानताको प्ले कार्ड, ब्यानर बोकेर नारा लगाउँदै हिडिरहनु भएको महिला दिदीबहिनीहरुलाई मेरो प्रश्न के साँच्चै तपाईहरु महिला हिंसा मुक्त भएको , महिलाले हरेक क्षेत्रमा समानता पाएको हेर्न चाहनु हुन्छ । त्यसो हो भने एकपल्ट सोध्नुस् तपाईले त्यो सुविधा पाउनु भएको छ की छैन र त्यो सुविधा तपाईले आफ्नो घरमा लागु गर्नु भएको छ की छैन । आज तपाई बिहान घरबाट निस्कदा आफ्नो नित्य कर्म ( तातो पानी, चिया र खानाका साथै घर सफा गर्नु भयो वा छोड्नु भयो । म जान्न चाहन्छु यि महिला दिदीबहीनीबाट तपाईहरु को बाट पिडीत हुनुहुन्छ रु पुरुषबाट की महिलाबाट ? हिंसा के र कतिसम्मलाई भन्ने, पुरुषबाट हुने यौन दुव्र्यवहार मात्र हिंसा हो वा महिलाले महिलालाई मानसिक र शाररीक टचर हिंसा हो रु हाम्रो समाजमा आज पनि विवाह पछि एउटी नारीलाई उसको इच्छा अनुसार काम गर्न दिइदैन भने विवाह अगाडि छोरी मान्छे जहाँपाए त्यहाँ जाने र मनलाग्दी गरेमा दाग लाग्छ भनेर बुबा आमाले नै रोकी दिन्छन् ।
जब सम्म यि कुराहरु व्यवहारमा लागु हुदैनन् नारा लगाएर मात्र केही हुनेवाला छैन । हामीले सर्वप्रथम हाम्रो आफ्नो घरको संस्कार परिवर्तन गर्नु जरुरी छ ।
महिला हक र समानताका कुरा गर्नै महिला दिदीबहिनी आमाहरु तपाईहरुलाई मेरो प्रश्न तपाईको घरमा भएका छोरी बुहारीले यो हक समानता पाएका छन् त तपाईको घर भित्र । घर सफ ागर्र्नै, खाना पकाउने, भाडा माझ्ने, कपडा धुने काम तपाईहरुले छोरी बुहारीलाई लगाउनु हुन्छ की छोरालाई , आफै गर्नु हुन्छ की तपाईको श्रिमानले गर्नुहुन्छ । तपाई संयुक्त परिवारमा हुनुहुन्छ भने यो चान्स धेरै कम हुन्छ तर एकलौटी बस्नुभएको छ भने त्यहाँ काम मिलेर गरेको देखिन्छ ।
मैले भन्न खोजेको हामी मृग जस्तै भौतारीरहेका छौ जसरी मृगले आफ्नो वृणा बाट उत्पति भएको बास्ना थाहा नपाएर खोज्दै भौतारीदै हिड्छ हामी महिला हक , महिला अधिकार भएन भनेर कुदिरहेका छौ जुन अधिकार हाम्रो आफ्नै घर भित्र छ । हामिले हाम्रो घरकोृ संस्कार परिवर्तन गर्न सक्यौ भने यि सबै हक अधिकार हामीले सजिलै प्राप्त गर्न सक्छौ । र यो हक अधिकार महिलाले महिलालाई नै दिनसक्छन् । एक अर्कालाई सम्मान दिएर ।
हाम्रो समाज यस्तो छ की कुनै महिलाले उन्नती गरेको देख्यो भने पनि नराम्रो आक्षेप लगाएर लडाइन खोजिन्छ त्यो पनि महिलाबाटै । घर परविारबाट नै कुनै सहयोग गरिदैन । जब सम्म यो संस्कार हट्दैन महिला समानता कहाँबाट हुन्छ । ति सबै महिला अधिकारकर्मी महिलाहरुलाई एकपल्ट भित्री मनबाट विचार विर्मश गर्न अनुरोध गर्छु । तपाईले घरको काम नगरी कुनै दिन बिहानै उठेर ढिलो घर पुग्नु भएको छ , त्यस पछिको माहोल कस्तो हुन्छ । त्यो माहोल कसले बनाउँछ त महिला नै हुन्छिन् त्यहाँ फेरी पुरुषलाई मतलब हुन्न यि कुरा । समानताको हकमा एउटा महिलाको लागी अर्कौ महिला नै समस्याको जड बनिरहेका छन् ।
हामीले किन यो संस्कार परिवर्तन गर्न सकिरहेका छैनौं । हामी आफ्नै घरको महिलालाई किन सम्मान गर्न सकिरहेका छौं । छोरी र बुहारीलाई गरिने असमान व्यवहार ,आफ्नो र अर्काको भनेर अपहेलित गरीने व्यवहारले महिलामा बौद्धिक क्षमता ह्रास हुदै जान्छ । जसले गर्दा महिला सधै पछि परीरहेका छन् ।
धेरै मानिसहरुले महिला हिंसा भनेको महिलालाई गरीने यौन दुव्र्यवहार भन्ने बुझिरहेका छन् तर यो मात्र महिला हिंसा होइन । महिलाले पाउने समान ज्याला नपाउनु, समान शिक्षा नपाउनु, पनि हिंसा हो भने घर भित्र पाउनु पर्नै सम्मान इज्जत नपाउनु गाली गलौज गर्नु पनि हिंसा हो । कुनै पनि व्यक्तिले उसको आत्मसम्मानमा आँच आउने किसिमले गालि गलौच गर्नु अनावश्यक एउटै कुरा दोहोराएर टचर दिनु भनेको पनि हिंसा नै हो । महिला हिंसा रोकथाम आफ्नै घरघरबाट शुरु गरौँ ।।