सनसनीपुर्ण खुलासा: ज्ञानेन्द्रले दरबार छोड्ने अन्तिम दिन के सहयोग मागेका थिए ?
गणतन्त्र घोषणा गरे पनि राजा ज्ञानेन्द्रले नारायणहिटी नछाडेकोमा धेरै गुनासो आउन थाले । तत्कालीन राजा र राजपरिवारका सदस्यको नाममा रहेका सबै चल–अचल सम्पत्ति संसदबाट पारित भएको कानुनबमोजिम नेपाल ट्रस्टको कार्यालयमार्फत राष्ट्रियकरण गर्ने भनिएको थियो ।
त्यसका लागि नेपाल ट्रस्टको कार्यालय स्थापना गरी राजाको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रक्रिया अघि बढाउन कठिनाइ भयो । गणतन्त्र घोषणा भएको भोलिपल्टदेखि हरेक दिन गृह सचिव उमेशप्रसाद मैनाली नागरिक भइसक्नुभएका ज्ञानेन्द्रसँग कुराकानी गरेर गणतन्त्र घोषणालाई कार्यान्वयनका लागि आग्रह गर्न नारायणहिटी जान थाल्नुभयो ।
पुर्ब राजा ज्ञानेन्द्रले दरबार छोड्ने अन्तिम दिन के सहयोग मागेका थिएमैले भनें, ‘गणतन्त्र घोषणा जनताको प्रतिनिधिको संस्था संविधानसभाले गरिसकेको यहाँलाई जानकारी नै होला । गणतन्त्र घोषणा भएको यतिका दिन बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै गुनासा आएका छन् ।
दरबार छोड्नुअघि तत्कालीन राजा ज्ञानेन्द्रसँग भएको भेटबारे शिलापत्रकर्मी लीलाराज खनालले गरेको कुराकानीमा आधारित