नागरिक पोष्ट News


बेटर व्रिक - नेपालको ६ दिने अभिमुखिकरण तालिम पोखराको होटल क्राउन हिमालयमा सञ्चालन

4.6K

पोखरा । ग्लोबल फेयरनेश ईनिसियटिभ, नेपाल गुडविभ फउण्डेसन र प्रोग्राम म्यानेजमेन्ट टिमको संयुक्त अयोजनामा एक कार्यक्रमका बीच पोखराको लेकसाईड स्थित होटल क्राउन हिमालयस् (गौराघाट स्ट्रीट  नं ६ ) को सभाहलमा सोमवार ६ दिने बेटर व्रिक–नेपाल परियोजनाको अभिमुखिकरण तालिम सञ्चालन भएको छ । ग्लोबल फेयरनेश ईनिसियटिभका प्रोग्राम म्यानेजर पूर्णिमा सिंह क्षेत्रीको अध्यक्षता तथा ग्लोबल फेयरनेश ईनिसियटिभका राष्ट्रि निर्देशक सुरेश पण्डितको प्रमुख अतिथ्यतामा विविएन परियोजनाको अभिमुखिकरण तालिम समुद्घाटन भएको हो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय निर्देशक सुरेश पण्डितले ईट्टा उद्योगमा काम गर्न निकै चुनौती रहेको भन्दै चुनौतीको विच संघर्ष गर्दै बालबालिका, कामदारको क्षेत्रमा काम गर्नुपर्ने बताउँनुभयो । उहाँले बेटर व्रिक–नेपाल परियोजनाले कामदार, उद्योगीहरुको सकारात्मक परिवर्तन गर्न महात्वपूर्ण भुमिका खेलेको हुँदा बेटर व्रिक–नेपाल परियोजनालाई अपनत्व हुने किसिमको कार्यक्रम हुन जरुरी रहेको जिकिर गर्नुभयो ।

  •  

 त्यस्तै नेपाल गुडविभ फाउण्डेसनका कार्यकारी निर्देशक शुष्मा पोख्रेलले ईट्टा भट्टालाई उद्योगमा परिवर्तन गर्न समाजिक परिचालकको महत्वपूर्ण भुमिका हुने बताउँनुभयो साथै उहाँले उद्योगलाई कामदार मैत्री, बालबालिक मैत्री र महिलामैत्री उद्योग निर्माण गर्न सबै समाजिक अभियन्ता अ–आफ्नो ठाउँवाट लाग्नु पर्ने जारुरी रहेको बताउँनुभयो ।त्यस्तै गुडविभ फाउण्डेसनका प्रोग्राम म्यानेजर उमेश कुइकेलले बेटर व्रिक–नेपाल परियोजनाको बारेमा जनकारी दिदै ६ दिने प्रशिक्षण कार्यक्रममा सिकाई प्रक्रियाको बारेमा जनकारी दिनुभयो । त्यस्तै युथ क्लब नरायणगढका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले स्थानिय निकायले ईट्टा उद्योगको समाग्र परिवर्तनका लागी बेटर व्रिक–नेपाल परियोजनाले गर्दै आएको क्रियाकलपहरुलाई निरन्तरता दिनुपर्ने बताउँनुभयो ।

  •  

साथै एकिकृत हरित विकास नेपाल तनहँुका सामाजिक परिचालक मुरारी पौडेलले उद्योगमा समाजिक परिचालकको काम गर्दा उद्योगी, कामदार र बालबालिकासंग राम्रो संग सहकार्य गर्दै अगाडी वढ्न जारुरी रहेको बताउँनुभयो । उहाँले समाजिक परिचालकले गर्नुपर्ने काम कर्तव्य र जिम्मेवारीको बारेमा आफ्नो अनुभाव सुनाउदै चुनौती समाना गर्नुपर्ने बताउँनुभयो । त्यस्तै ग्लोबल फेयरनेस ईनिसियटिभका सिनियर राष्ट्रिय निर्देशक संयुक्त भण्डारीको स्वागत मन्तव्य र नेपाल गुडविभ फाउन्डेशनका क्षेत्रिय सुपरभाईजर अनुप खनालको संचालनमा ६ दिने अभिमुखिकरण तालिमको समुद्घाटन समारोह सम्पन्न भएको थियो । उक्त कार्यक्रममा घर–घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल कपिलवस्तु, युथ क्लव नारायणगढ चितावन, हरित विकास विकास नेपाल तनहुँ, एकिकृत हातेमालो समाज मोरङ्ग र एकिकृत हातेमालो समाज काठमाण्डौं तथा प्रयास नेपाल धादिङ्ग वाट संस्था प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

From  Brizikhabar

  •  

Must View