प्रधानमन्त्री ओली भेन्टिलेटरमा, यस्तो छ पछिल्लो स्वास्थ्य अबस्था
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले जनाएको छ।
एपेन्डिक्स फुटेर पेट दुखेपछि ओलीलाई मंगलबार बिहानै डाक्टरहरूले शल्यक्रिया गरेका थिए। डाक्टर रमेशसिंह भण्डारी र प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्। शल्यक्रिया गर्नुअघि नै एपेन्डिक्स फुटेर प्रधानमन्त्रीको पेटमा व्यापक संक्रमण (पेरिटोनिटिस) भएको थियो।
प्रधानमन्त्री ओली भेन्टिलेटरमा, पेटमा व्यापक संक्रमण
प्रधानमन्त्रीलाई पेरिटोनिटिस भएपछि चिकित्सकहरूको टोलीले निरन्तर निगारानीमा राखेका छन्। पेरिटोनिटिस भएपछि सास फेर्न गाह्रो हुन्छ।
पेटमा भएको संक्रमण रगतमा पुगेको खण्डमा त्यसले थप जोखिम निम्त्याउने चिकित्सकहरूले बताएका छन्। रगतमा संक्रमण पुगेको अवस्थामा त्यसले शरीरका विभिन्न अंगहरू ‘फेल’ हुने सम्म हुनसक्छ।