बाला चतुर्दशीमा नमुना प्रगतीशिलको पशुपतिमा निशुल्क शिविर सञ्चालन सम्पन्न
काठमाण्डौँ , बाला चतुरदशी २०७६ को पावन अवसरमा पितृ आत्माको चीर शान्ती को लागि पाल्नु भएका श्रद्धालु भत्तजनहरुको लागि नमुना प्रगतीशिल महिला समाजले पशुपति परिशर भित्र पाल टेन्ट राखी शत्बीज छर्न आउने भक्तजनहरुलाई निशुल्क एक दिन शिविर सञ्चालन गरेको छ । यसरी सञ्चालन गरेको शिविर बाट करिब पाँच सय भन्दा बढी भत्तजनहरुलाई प्रत्यक्ष लाभ पुगेको थियो । सो समयमा यस्था संस्थाले यस्तो कार्य गरिदिएकोमा सबै भत्तजनहरु खुशी व्यक्त गर्दे सस्थाको अध्यक्ष कोपिला कुँवरलाई धन्यवाद समेत भनेका थिए । यस्तो किसिमको सहयोगार्थका कामहरु गर्न पाउदा आफुलाई खुशी मिल्ने सस्थाको अध्यक्ष कोपिला कुक्वरले बताउनु भयो साथै जो कोहीलाई पनि आफ्नो धर्म संस्कृतीको जगेर्ना गर्न सहयोग पुराउनको लागि अपिल समेत गर्नु भयो ।
भत्तजनहरुले पशुपतिनाथ मन्न्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाए ।