नागरिक पोष्ट News


सुक्रबार प्रदर्शनमा आर्यन र मिरुनाको ‘च च हुई’

1.5K

मङ्सिर ६ गते शुक्रवारबाट नायक आर्यन सिग्देल र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘च च हुई’ प्रदर्शनमा आएको छ । चलचित्रमा दुई बेकामी युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ । जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई चलचित्रमा देखाइएको छ ।

साम्तेन भुटियाको निर्देशन र सम्पादन रहेको चलचित्रमा आर्यन र मिरुनासंगै माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसैचलचित्र मार्फत निर्माणमा आउँदैछन् ।

चलचित्रमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्रमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत, यश्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।  

Must View