नागरिक पोष्ट News


१० जीवन बिमा कम्पनीको ६ अर्ब २८ करोड बराबरको आइपिओ आउँदै

2.3K

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुले न्युनतम पुँजी पुर्याउन प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन । 

आईपीओ निष्कासनको तयारीमा सिटिजन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन ।

यस्तै, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छन ।

सिटिजन्सले ७५ करोड, ज्योति लाइफले ६६ करोड, युनियनले ६४ करोड, रिलायन्सले ६३ करोड, सन, आईएमई, सानिमा, महालक्ष्मी, रिलायवल र प्रभु लाइफले ६० ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेका हुन ।

सञ्चालनमा आएको २ वर्षपछि मात्र आईपीओ निष्कासन गर्न पाइने धितोपत्र सम्बन्धित कानूनी व्यवस्था छ । यी मध्ये केहीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएका छन ।

युनियन लाइफको पुँजी १ अर्ब ५० करोड ५० लाख, रिलायबलको १ अर्ब ४० करोड, सिटिजन्स लाइफको १ अर्ब ७५ करोड, ज्योति लाइफको १ अर्ब ५४ करोड, रिलायन्स लाइफको १ अर्ब ४७ करोड, सन नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ४० करोड  रुपैयाँ छ ।

आइएमई लाइफको १ अर्ब ४० करोड, सानिमा लाईफ इन्स्योरेन्सको १ अर्ब ४० करोड, प्रभु लाइफको  १ अर्ब ४० करोड र महालक्ष्मी लाइफको १ अर्ब ४० करोड रुपैयाँ पुँजी छ ।

Must View