नागरिक पोष्ट News


प्रभु बैंकमा सर्वसाधारणको शेयर स्वामित्व ४९ प्रतिशत, १६ प्रतिशत बोनश शेयर दिने

2.3K

प्रभु बैंकको १८औं वार्षिक साधारण सभाले हाल कायम रहेको शेयर स्वामित्वमा संशोधन/परिवर्तन गरी संस्थापक समुहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय गरेको छ ।

साधारण सभाले बैंकको जारी तथा चुक्ता पूँजीको संरचना संशोधन/परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत गरेको छ । हाल बैंकमा संस्थापक समूहतर्पm ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

त्यस्तै साधारण सभाले गत आ.व. २०७५/७६ को मुनाफाबाट गत आ.व. २०७५/०७६ मा कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरे पश्चात् बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ०२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ३७ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन तथा १९६ वटा शाखा कार्यालयहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरी सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने प्रयोजनका लागि आवश्यक कार्य अगाडि बढाईरहेको बैंकले जनाएको छ ।

Must View