नागरिक पोष्ट News


हवाइजहाजभित्रै पोर्न फिल्मको सुटिङ !

2K

घटना बेलायतको मिडल्याण्ड एयर म्युजियमको कर्मचारीलाई धोका दिएर  अभिनेताहरुले संग्रहालयमा राखिएको एक हवाइजहाजभित्र पोर्न फिल्मको सुटिङ गरेका छन् । 

उनीहरुले हवाइजहाजको भाडाको रुपमा १०० पाउण्ड (करिब १५ हजार नेपाली रुपैयाँ) दिएका थिए तर भित्र पोर्न फिल्म सुटिङ गर्ने तयारीबारे केही जानकारी दिएका थिएनन् ।

समाचारमा उल्लेख भएअनुसार जुन विमानमा सुटिङ भयो त्यो विमान कुनै बेला एयर फ्रान्सको थियो । संग्रहालयका कर्मचारीका अनुसार उनीहरुलाई झुक्याएर एडल्ट फिल्मको सुटिङ गरिएको थियो । सुटिङका लागि अभिनेताहरु पाइलट र एयर होस्टेसको पहिरनमा आएका थिए ।

उनीहरुले कर्मचारीलाई आफूहरु विमानमा स्विमवेयर सुट गर्न गइरहेको बताएका थिए । कर्मचारीले यदि आफूहरुलाई घटनाको जानकारी भएको भए त्यही बेला सुटिङ रोकिदिने बताएका थिए । जुन विमानमा सुटिङ भयो त्यो विमानलाई १९५० को दशकमा चार्टर होलिडेको लागि प्रयोग गरिन्थ्यो ।

Must View