नागरिक पोष्ट News


पृथ्वीनारायण शाहको “दिव्य–उपदेश ” पढ्नुहोस र सक्दो शेयर गर्नुहोस्

4.5K

मेरा साना दुषले आज्र्याको मुलुक होइन. सबै जात को फुलबारि हो. सबैलाई चेतना भया. यो फुलबारिको छोटा बडा चारै जात छत्तिसै बर्न ले (यसलाई सम्भार गर्नु पर्दछ)

बुढा मरै भाषा सरै भनि भन्छन्. तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन् ।

यो नेपालको तषत किल्ला हो. यो किल्ला पायो भन्या चारै बादसाह लाई पनि वह्राला लाउनै छ. (यो) इस्वरले रचना गर्‍याको किल्ला रहेछ ।

उप्रान्त ।। यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ. चीन बादसाह सित ठुलो घाहा राषनु. दषिनको समुन्द्रका बादशाह सित घाहा ता राषनु. तर यो महाचतुर छ. हिन्दुस्थाना दबाई राषेछ. सरजिमी मा परिरहेछ. हिन्दुस्थाना जाग्यो भन्या कठिन पर्ला भनि किल्ला षोजन आउन्या छ. सन्धीसर्पन् हेरि गढि तुल्याई राषनु र रस्ता रस्तामा भाजा हालि राष्नु र यक दिन त्यो बल आउन्या छ. जाइ कटक् नगर्नु. झिकी कटक् गर्नु. र …..

मुलुकमा ईजारा पनि नदिनु. सर्षारबाट अमानित् राषि सर्षारिया तहसिल राषी सालवसाल् को कचा लिनु. क्या चुनी सिपाई भया. क्या भैभारदार भया. दवलथ भयाकाले तरवारमा पसि मर्न मार्न सकैनन् र हरिप को चमक् हुन्छ. सिपाहि भैभारदारले स्वष गरेनन् भन्या चारै षुट (मा) मेरो तरवार बज्नैछ. स्वषमा पसो भन्या.

यो असिल हिन्दुस्थाना हो. आफ्ना कुलाधर्म नछोड्नु. ष्वामित् को नुन् को उधार गर्नु. कालुकबर्दारका सन्तानलाई कवर्दारी नछुटाउनु. दषिन को घाहा सिवराम बस्न्यात्का सन्तानलाई नछुटाउनु. भोट को घाहा कालु पांडेका सन्तानलाई नछटाउनु.

पांडे बस्न्यात् पंथ भैयाद मग्र लाई मारातप् दिदा आलोपालो गरि षान दिनु. ई मेरा नुन् गुन् का स्वझा सेवक हुन्. ईनीहरूको जीव जान्या बिराम गर्‍याको भया पनि आफुले गमार्नु. बरु मारातप् दिएर लडाँञीमा झोसिदिनु र जिव जोगाई आयो भन्या बढिया भयो. मरि गयो भन्या आफुले मार्नु (भन्दा) अर्कैबाट मारिदियाको बढिया हुन्छ. तब राजाले सेवकलाई घरमा नमार्नु.

पुरुब पछिमको रस्ता बन्ध गरि नेपालको रस्ता चलाई दिंउंला, आफ्ना आफना जात विसेषको कर्म गर्नु (भन्ने) बन्देज गरिजांला (भन्ने पनि मेरो मनमा अभिलाषा रहेको थियो)

उप्रान्त ।। देस का महाजन् लाई गोड प्रसाह देषी उभो आउन नदिनु. देशका महाजन्हरू हाम्रा मुलुकमा आया भन्या दुनिँञां कंगाल गरि छाड्दछन्. हामीले च्यागापांगांलाई तिन सहर र नौलाष् किरायत र हिन्दुपतिको राज आज्र्यथ्येउ. देसका कपरा लगाउनालाई मन्हाई गरिदिनु. आफ्ना देसका कपरा बन्न जान्यालाई नमना देषाई सधाउनु र बन्न लाउनु र यस्व भया नगद देस जादैन.

आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु. नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ. राजाका भंडार भन्याका रैतानहरू हुन्.

राजाका सार भन्याको सिपाहि र रैतिहरू हुन्. राजा चतुर भया सिपाहि र रैति हात हात गरि राष्नु र हुलकुल हुन पांउंदैन. सिपाहि भन्याको तिषारि राषनु. तिषारिराष्याका सिपाहि कसैका मलाजामा पस्तैनन् र आफ्नु काज फत्य हुन्छ ।

गुरुं मगर षान्ज्यादा भैयाद भारदार मिर उमराउ थरघर पुराना पुराना जाची घुंडा गौंडा मा राषनु. पुरुव पछिम्मा षर्स बाहुन लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छयाले दरबारमा विथिति गराउछन्.

राजाको हुकुम जफत गरि राषनु. मैले तिं थुम् का बह्रा उमराउलाई ईन्द्रवज्र तुल्याई राष्याथ्या. नगरा निसान पनि दिई राष्याथ्यां. बाह्रबिसको गांठो बाधी दियाको थीयो र सल्ल्यान् लिग्लीग् धादि का मुहुडा मा जाहाजहा काज पथ्र्यो फत्य गथ्र्या र यो अ‍ैस्वर्जे गर्‍याको हो.

तब राजाले ठुलो निँञा निसाफ हेर्नु. अन्याय मुलुकमा हुन नदिनु. निञानिसाप बिगान्र्या भन्याको घुस् दिन्या र घुस षान्या (हुन्). ईन दुईको ता धन जिव गरि लियाको पनि पाप छैन. ई राजाका महासतुर हुन्. ।

आफ्ना घरका पुराना सेवक जाची . हजुर मा हरोदम् राषी दरोबस्त बाधि घर बलियो राषनु. यस्व भया दरबार बलियो रहन्छ. राजाको चतुराई भया सिपाही रैति हात गरि राखनु. कसैका मलाजा पछि जुण पछि लाग्नु नदिनु. नुन् पछि लाउनु.

उप्रान्त ।। टक्सार पनि चोषो चलाउनु. अदालथ मा पनि ठकुरि जाचि डिष्ठा राष्नु. मगर जाचि विचारी थाप्नु. कचहरि पिछे यक्यक् पण्डित राषी निञासास्त्र बमोजिम् अदालथ चलाउनु. अदालथका पैसा दरबारभित्र नहाल्नु … फकीर पकिडा अतित जोगि सन्न्यासि व्राह्मणहरू इनैलाई दक्षिणा भोजन चलाई दिनु. उप्रेका पैसा दक्षिणा चलाई धोती रुमाल चलाइदिनु. यस्व भया असत्यको दोस् लाग्दैन.

उप्रान्त ।। कोही बेलामा हात दिना मा पस्या र मलाई झिकाया र पछाडि दागा दिया र महादुष गरि पछाडि सुद्ध गरि नेपाललाई मुर्चा लाञाथ्यां … सये नालका कम्पनी ले छरितो हुन्छ र

यस्व भया सये नालका कंपनिले हजार जवान्लाई भ्याउछ. किल्ला किल्लापिच्छे यक् यक् कम्पनी राषी गर्षा बाडिदिनु र जगेरा बांधी भरि राष्नु. उप्रान्त ।। मलाई यवटा कुराको संध्यह लागिरहेछ कुन् कुरो भन्या मुग्लाना नजिकै रहेछ. तेस् जग्गामा छोकडा पत्रीया रह्याछन् चित्रकार भर्‍याको कोठामा ढोलक् सितार राग तान् मा भुल्नन्.

राग तान्मा बडो ठुलो मोहो हुन्छ र दवलथ पनि षोलिन्छ. देसको भेद पनि तिनेले लैजान्छन्. र हरिपले दगा गर्छ. रागको अभ्यास पनि कसैले नगर्नु. तिन जातलाई पहाड आमफदरफ् पनि कसैले नषोल्नु अथवा फागुलाई यक् दुई गरी झिकि चाढै विदा गराईदिनु र देसको भेद पनि पाउदैनन्.

आफ्ना स्वष सयेललाई ता सास्त्रबमोजिम को तिनै सहर नेपालको नेवार हरूको नाच झिकाई हेर्‍या पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ. यस्व भया आफ्नु देस गमन रहन्छ ।। ।। ।। ।। ।। ।।

श्रोत:- पृथ्वीनारायण शाहको दिब्यउपदेश सम्पादक:- योगी नरहरिनाथ।

Must View