नागरिक पोष्ट News


स्वास्थ्यका मिल्क टि होईन ब्ल्याक टि रोज्ने किन ?

2.1K

चिया स्वादको लागी मात्र नभई स्वास्थ्यको हिसावले पनि उचीत मानीन्छ । मानीसहरु धेरै जसो रोज्दा कालो चिया भन्दा बढी दूध चिया नै रोज्ने गर्दछन् तर सकेसम्म स्वास्थ्यको हिसावले दूधको चिया प्रयोग भने गर्नुहुँदैन । दूधको चियाले खाना अरुची हुने ग्यास्ट्रीक बढेने जस्ता समस्या देखा पर्दछन् ।

ब्ल्याक वा ग्रिन टी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । ग्रिन टीमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । यस्तो चिया भने दिनको ४–५ पटक प्रयोग गर्दा रोगप्रतिरोधी क्षमता पनि बढ्छ । कालो चियामा भएको एन्टिअक्सिडेन्टले शरीरमा भएको बोसो कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन । चियामा राखेको दूधले भने एन्टिअक्सिडेन्टको मात्रालाई घटाउने काम गर्छ ।

कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्याबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्याउँछ । कालो चियाले पाचन प्रणालीलाई समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ ।

नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ । अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्छ । कोलेस्ट्रोल हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ । कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता कम भएका कारण छोटो–छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ । यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ ।

कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ । यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ । कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोषिकालाई हटाउने काम गर्छ । यस्ता कोषिका निर्मूल हुँदा विशेषगरी मानिसलाई ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ । (एजेन्सीको सहयोगमा)

Must View