नागरिक पोष्ट News


९ बर्षमै स्नातक गर्ने बेल्जियका लोरेन्ट साइमोन्स

2.6K

बेल्जियममा बस्ने लोरेन्ट साइमोन्स नाम गरेका एक बालक भर्खरै ९ बर्षका भए । तर लोरेन्टले यसै बर्षको डिसेम्बरमा स्नातक पूरा गर्दैछन् ।

९ बर्षको उमेरका लोरेन्टले ईन्जिनियरिङ जस्तो गाह्रो कोर्स डिसेम्बरमा पूरा गर्नेछन् र ईन्जिनियरिङको डिग्री प्राप्त गर्नेछन्। तेज दिमागकै कारण लोरेन्टले नौ महिनामा आफ्नो स्नातकको पढाइ पूरा गर्दै छन् । उनि इन्धोवेन यूनिभर्सिटी अफ टेक्नोलोजीबाट इलेक्ट्रिक इञ्जिनियरिङमा स्नातक गरिरहेका छन् ।

लोरेन्टले चार वर्षको उमेरमा स्कूल जान सुरू गरेका हुन् । उनले आफ्नो पाँच बर्षको पढाइ मात्र १२ महिनामा पुरा गरे । लोरेन्टको वर्तमान शिक्षकले आफ्नो करियरमा भेटिएका सबैभन्दा बुद्धिमान छात्राको तुलनामा यी तीन गुणा बढी चलाख रहेको दावी गरेका छन्।

लोरेन्टको आइक्यू सामान्य मानिसको भन्दा ज्यादा छ । उनको आइक्यू स्तर १५५ रहेको छ।

Must View