नागरिक पोष्ट News


बझाङको पौवागढीमा ५.७ रेक्टर स्केलको भूकम्प गयाे, धक्का दिल्लीसम्म

3.4K

काठमाडौं । बझाङको खप्तड छान्ना गाउँपालिका पौवागढीमा केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ ।मंगलबार साँझ ७ बजेर १६ मिनेट जाँदा ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बझाङलगायत सूदुर पश्चिम प्रदेशका अरु जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । त्यस्तै प्रदेश ५ का बर्दिया, दाङलगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

Must View