नागरिक पोष्ट News


घर चिन्न घर छाडौँ तर, घर नबिर्सौं - महाकवि लक्ष्मीप्रसाद देवकोटा, जानकारीलाई सक्दो शेयर गरौ

3.7K

लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ – २०१६) को जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनी नेपाली साहित्यका महाकविका रूपमा सु–प्रसिद्ध छन् ।

देवकोटाले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अद्वितिय कृतिहरू लेखेका छन् ।

विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् । यहाँ हामीले तिनै महाकवि देवकोटाका केही उत्कृष्ट भनाईहरु उल्लेख गरेका छौँ । जुन भनाई तपाईंका लागि पनि उपयोगी बन्न सक्छन् ।

– मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

– कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।

– सत्यका लागि त्याग गर्न जसले सक्दैन उ कदापी वीर हुन सक्दैन ।

– खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।

– चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै पर्वतारोही हो ।

– दर्शन भय हो कविता सत्य हो ।

– घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।

– जीवन एक चक्का हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।

– मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ ।

 

https://www.khabarhub.com/

Must View