नागरिक पोष्ट News


नेकपाको शक्ति प्रचण्ड देशकै सबै भन्दा ठुलो : नयाँ मन्त्रीहरुको नाम – को–को जादै, को–को आउदै

1.5K

नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक, निर्णयको प्राधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा हस्तान्तरण हुने भएको छ । शुक्रबारको सचिवालय बैठकमा उक्त प्राधिकारमा सर्वसम्मत निर्णय गराउने प्रयत्नमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लागेका हुन् । मन्त्रिपरिषद्को बैठक डाक्ने र अति नै महत्वबाहेकका निर्णय गर्न सक्ने अधिकार भने वरिष्ठ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिन लागिएको बताइएको छ ।

स्वास्थ्यका कारण प्रधानमन्त्री अति सक्रिय हुने अवस्था नरहेको तथा उपचारका लागि विदेश जान पर्ने भएकाले प्रचण्डलाई पार्टी र पोखरेललाई सरकारको कार्यकारी अधिकार दिन लागिएको उच्च स्रोतले जनाएको छ ।

Source - http://www.communistonline.com/

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनको तयारी गरिरहँदा मन्त्रीमण्डलबाट बिदाई गर्ने र मन्त्रीमा ल्याउनेकोे सूची तयार पारेको बालुवाटार श्रोतले बताएको छ ।

 अहिले मन्त्रीमण्डलमा रहेका उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ हटाउने तयारी गरिरहेको बालुवाटार श्रोतले बताएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाललाई निरन्तरता दिने बताइन्छ ।

यसैगरी पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेतलाई पनि निरन्तरता दिने चाहना राखेका छन् । शिक्षा मन्त्री पोखरेलसँग ट्यूनिङ नमिलेपनि आन्तरिक समिकरणका कारण प्रधानमन्त्री ओली सकारात्मक रहेको बताइन्छ ।

मन्त्रीमण्डलमा आउने सम्भावित मन्त्रीको लिस्टिङ पनि प्रधानमन्त्री ओलीले तयार पारेका छन् । जसमा नेकपाका नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नी सापकोटा, प्रभु साह, खजराज अधिकारी, महेश बस्नेतको नाम चर्चामा छन् । त्यस्तै उपसभामुख शिवमाया तुम्वाहाम्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, र हृदयश त्रिपाठी रहेका छन् ।

प्रधानमन्त्री ओलीले यस विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग छलफल गरिहेका छन् । 

Must View