नागरिक पोष्ट News


सर्वेन्द्र खनालद्धारा विशेष स्कुल तथा पुनस्थापना केन्द्र (एसएसडीआरसी) को भवन शिलान्यास

2.7K

काठमाडौं । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८, ताथली, डाँडापाटी, याकाडोलमा २–१–०–१.८५ ९११३३३.८५ क्षेत्रफलमा विशेष स्कुल तथा पुनस्थापना केन्द्र (एसएसडीआरसी) को भवन शिलान्यास गरिएको छ । मंगलवार एक औपचारिक कार्यक्रमको बीच कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र विशिष्ठ अतिथि एवम् मिसन रिबिल्ड नेपालका अध्यक्ष डा. मदन उप्रेती र संस्थाका अध्यक्ष सविता उप्रेतिद्वारा संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

उक्त कार्यक्रममा मिसन रिबिल्ड संस्थाबाट विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रको भवन चालिस हजार डलरको सहयोग उपलब्ध गराउने घोषणा संस्थाका अध्यक्ष डा. मदन उप्रेतीले गरे र पहिलो किस्ता स्वरूप दश हजार डलरको चेक संस्थाकी अध्यक्ष सविता उप्रेतीलाई हस्तान्तरण गरे । कार्यक्रममा रिबिल्ड नेपालका उपाध्यक्ष तथा शिक्षाविद् युवराज शर्मा, सदस्य श्याम मैनाली, वरिष्ठ प्रत्रकार बिष्णु निष्ठुरी, नाईस टेलिभिजनका सीइयो आशीर्वाद पुन, अरनिको टेलिभिजनका संचालक ईश्वरराज ढकाल लगाएतका पत्रकार अभिभावक तथा शुभचिन्तक र अटिजम भएका बालबालिकाहरूको उपस्थिति रहेको थियो ।

संस्थाकी अध्यक्ष सविता उप्रेतीले संस्थाले अटिजम भएका बालबालिकाहरूलाई मध्यनजर गरी उनीहरूको लागि अटिजम स्कुल तथा अटिजम अनुसन्धान केन्द्र, अविभावक, शिक्षक तथा विद्यार्थीहरूका लागि तालिम केन्द्र, खेल मैदान आदि गरेर करिब ४ करोड ७५ लाख अनुमानित लागत रहने बताउँदै उक्त रकमको लागि हरेकलाई एकएक ईटा थपेर सहयोग गरिदिन आग्रह गरेकी छिन् । हालसम्म मिसन रिविल्ड नेपालले ४० लाख, एन।आर।एन।ए। अष्ट्रेलियाले ३० लाख र विभिन्न व्यक्तित्वहरूबाट १ लाख ८० हजार सहित हालसम्म ७१ लाख ८० हजार रुपैया सहयोगको प्रतिबद्धता प्राप्त भएको कुरा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेतीले जानकारी दिईन् ।

Must View