नागरिक पोष्ट News


मोटरसाइकल चलाउने,कुर्सीमा बस्ने र कम्प्युटरमा काम गर्नेलाई ढाडको समस्या धेरै - डा. गौरवराज ढकाल

2.5K

 बैंकमा लामो समय कम्प्युटरमा काम गर्नेलाई ढाड र गर्धन दुख्ने समस्या 

काठमाडौं । दैनिक जीवनशैलीका कारण पछिल्लो समय ढाड र गर्धनको समस्या बढिरहेको देखिन्छ । पछिल्लो १० वर्ष यताको विभिन्न तथ्यांक हेर्दा ढाड र गर्धन दुख्ने समस्या महामारी रुपमा बढ्दै गएको पाइन्छ ।

हाम्रो बस्ने तरिका, काम गर्ने शैली, खानपानमा आएको परिवर्तनका कारण यो समस्या बढिरहेको देखिन्छ । अर्को व्यायाम नगर्ने । धेरै मोटरसाइकल चढ्ने, कुर्सीमा धेरै समयमा बसेर काम गर्ने र लामो समय एउटै स्थानमा बस्ने मानिसमा यो समस्या बढी देखिने हुन्छ ।

ढाड र गर्धनको दुखाइले कहिलेकाहिँ हात र खुट्टासम्म समस्या आउने गर्छ । जसले हातखुट्टा झमझमाउने, कमजोरीपना देखिने, हिँड्न गाह्रो हुने र खुट्टाहरु भारी हुनेलगायतका समस्या आएमा तुरुन्तै उपचारका लागि मेरुदण्ड अर्थात् स्पाइन सर्जनलाई देखाउनुपर्छ ।  अर्को ढाड र गर्धनको नसा च्यापिएर त्यो दुखाइ हात र खुट्टामा पुग्ने गरेको समेत देखिन्छ । कतिपय अवस्थामा ढाड र गर्धन दुख्ने हुन्छ भने कहिले नदुख्ने समेत हुन्छ । तर त्यो दुखाइ हात र खुट्टामा फैलन सक्छ ।

यदी हात र खुट्टा दुख्ने समस्या आएमा त्यो अवस्था गम्भीर अवस्था सृजना भएको देखिन्छ । तुरुन्तै मेरुदण्ड रोग विशेषज्ञकोमा उपचारका लागि जानु पर्छ । विभिन्न अध्ययनन हेर्दा विश्वमा ठूलो संख्यामा ढाड र गर्धन दुख्ने समस्या देखिएको पाइएको छ । गर्धन र ढाडको दुखाइ सामान्य व्यायाम र औषधीले निको हुन्छ । यसका लागि सर्जरी चाहिँदैन । ९० प्रतिशतमा ढाड र गर्धनको शल्यक्रिया गर्नुपदैन । करिब ५ देखि ७ प्रतिशतलाई मात्र गर्नुपर्ने हुन्छ । नसा च्यापिने समस्या उमेर बढेसँगै मेरुदण्डहरुमा परिर्वतन आउने हुन्छ । जुन परिर्वतने हड्डीहरु बढ्दा नसा च्यापिने हुन्छ । मोटरसाइकल लामो समयसम्म चढ्दा ढाड दुख्ने र नसा च्यापिने समस्या हुन्छ । त्यसैले लामो समयसम्म मोटरसाइकल चलाउनुहुँदैन ।

बैंकमा काम गर्ने, लामो समय कम्प्युटरमा काम गर्ने, मोबाइल बढी चलाउने र बालबालिकाहरुमा स्कुल ब्यागका कारण ढाड र गर्धन दुख्ने समस्या देखिने गरेको पाइन्छ । हरेक दिन व्यायाम गर्ने, खेल्ने, हिँड्ने, लिफ्टको प्रयोग सकेसम्म नगर्ने, अफिसमा बस्दा कुर्सीमा बस्दा धेरै ननिउरिने र धेरै पछाडि पनि बस्नु भएन । जहिले पनि कुर्सीको पछाडिको भागले हाम्रो ढाडलाई आराम दिएको हुनुपर्छ ।

अर्को कम्प्युटरको स्कृन आफ्नो आँखाको लेबलमा हुनुपर्छ । दुईवटा हात आरामसँग पूर्ण किबोडमा राख्नुपर्छ । एउटा कुर्सीमा लगातार बसिरहनु हुँदैन । एक घण्टामा दुई तीन मिनेट उठ्ने हिँड्ने गर्नुपर्छ । लामो समयसम्म उभिनुहुँदैन । धेरै भारी सामान वा निहुँरेर एकैपटक सामानहरु उठाउने गरिएन भने गर्धन र ढाड दुख्ने समस्याबाट बच्न सकिन्छ । कम्तिमा पनि दिनमा एक घण्टा आफ्नो ढाडको लागि दिनुपर्छ । 

Source - https://baahrakhari.com/

(राष्ट्रिय ट्रमा सेन्टर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका स्पाइन सर्जन डा. ढकालसँग बाह्रखरीका लागि सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)

Must View