नागरिक पोष्ट News


दूधसँग यी खानेकुरा (माछामासु) खादै नखानुस्, जसले स्वास्थ्यमा ठुलै समस्या ल्याउँछ

3.4K

दही दूधबाटै बन्ने भए पनि यी दुई एकैसाथ खानु हुँदैन। सँगै खाँदा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने समस्या आउँछ। दूध र दही एक घण्टाको फरकमा भने खान सकिन्छ ।

आयुर्वेदको नियम अनुसार दुध सँथै केही खानेकुरा खानुहुँदैन ।

कागती, कटहरसँग दुध हानिकारकः

दुधसँग कागती, कटहर, करेला वा नुनको कहिले पनि सेवन गर्नुहुँदैन । दुधसँगै यी खानेकुराको सेवनले छालाको रोगजस्तै दाद, एलर्जी, सोराइसिसलगायत लाग्ने गर्दछ ।

दुधसँग दालः

दुधसँग मुँग, चनालगायतका लगभग सबै दालको सेवन गर्नुहुँदैन । यस्तै, गाजर, आलू, तेल, गुँद, मह, दही, नरिवल, लसुन, सबै नुनिलो खानेकुरा खानुहँदैन । यसबीच कम्तीमा दुई घण्टाको अन्तर आवश्यक छ । दुधसँगै दालको सेवनले हृदयघातको खतरा बढ्ने गर्छ ।

दुधसँग मूलाः

दुधलाई कहिले पनि अमिलो र नुनिलो खानेकुरासँग खानुहुँदैन । यसका साथै यदि कुनै खाद्य पदार्थमा मूला प्रयोग गरिएको छ भने यसलगत्तै दुध खानुहुँदैन । यस्तो गर्दा दुध विषाक्ता हुन्छ साथै छाला सम्बन्धि रोगको आशंका हुन्छ । मूलाबाट बनेको खानेकुरा खाँदा कम्तिमा दुई घण्टापछि मात्र दुध पिउनुहोस् ।

माछासँग दुधः

दुधसँग माछा खानुहुँदैन । यसो गर्दा ग्याँस, एलर्जी र छालासम्बन्धि रोग लाग्न सक्छ ।

फलफूल र दुधः

दुधसँग सुन्तलाजस्ता अमिलो फलफूलको सेवन गर्नुहुँदैन । ब्रत बस्दा मानिसहरु केरासँग दुध खान्छन् जुन गलत हो । केराले कफ बढाउँछ भने दुधले पनि कफ बढाउन सहयोग गर्दछ । दुबै खाँदा कफको मात्रामा वृद्धि हुन्छ र पाचनमा पनि असर पर्दछ ।

(एजेन्सीको सहयोगमा)

 

Must View