नागरिक पोष्ट News


टुँडिखेल बिचौलियाले कमाई खाने भाँडो भयो : भीमसेनदास प्रधान

1.3K

सांसद भिमसेनदास प्रधानले टुँडिखेल नेपाली जनताको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन्।

टुँडिखेलमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा प्रधानले खुलामञ्च र टुँडिखेल अतिक्रमण भई साँघुरिँदै गएकोमा आपत्ति जनाएका छन्। खुल्ला स्थानको संरक्षणबारे केन्द्र सरकारले ध्यान नदिएकोले टुँडिखेल अतिक्रमण हुँदै गएको र बिचौलियाले कमाई खाने भाँडो बनाएको बताएका छन्।

सांसद प्रधानले खुलामञ्चले नेपालमा ल्याएको परिवर्तन पनि सम्झे, ‘देशमा भएका परिवर्तन, हरेक सङ्घर्ष र आन्दोलनमा खुलामञ्च महत्त्वपूर्ण स्थल थियो।’

‘जनताको सम्पतिको जनताले नै संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘टुँडिखेलको विशेष ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्त्व छ, त्यसैले जनताको सम्पत्तिलाई जनताले नै संरक्षण गर्न अक्युपाई टुँडिखेल अभियान लागिपरेको छ।’

Must View