नागरिक पोष्ट News


सचेत रहौं ‘जाडोमा पनि हुन सक्छ हृदयाघात’- डा. ओममूर्ति

2.6K

जोखिममा रहेका व्यक्तिलाई जाडोमा हृदयाघात हुने संभावना बढी हुन्छ। जसलाई उच्च रक्तचाप छ र अनियन्त्रित छ। जो चुरोट–रक्सी खान्छन्। जो पहिल्यै मुटुरोगी सावित भइसकेका छन्। जसलाई कोलेस्ट्रोल छ। त्यस्ता व्यक्तिहरूलाई जाडोमा हृदयाघात हुन सक्छ।

-  नागरिक

‘जाडोमा हुन सक्छ हृदयाघात’

दमका दीर्घरोगी, पहिल्यै हृदयाघात र रक्तनलीमा अवरोध भएका, बाइपास सर्जरी गरेका या स्टेन्ट हालेका, मुटु कमजोर भएका, मुटुको चालमा गडबडी भएकाहरूका लागि जाडो मौसम जोखिमपूर्ण हुन्छ। यसैगरी फोक्सो, सिओपिडी, मिर्गौला, वृद्धावस्था भएका, अनियन्त्रित रक्तचाप, कोलेस्ट्रोल भएका, धूमपान, शारीरिक रूपमा निस्क्रिय रहेका, ज्यादै रक्सी खाने, मस्तिष्काघात या पक्षाघात भएकाहरूलाई पनि जाडोमा मुटुरोगको जोखिम हुन्छ।

चिसोले रगत जम्ने क्रम बढाउँछ। चिसोकै कारण रगतका नसाहरू खुम्चिएर साँघुरा हुन्छन्। जसले गर्दा रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या आउँछन्। चिसोकै कारण शरीरमा विभिन्न किसिमका हार्मोन सक्रिय हुन्छन् र शरीरमा नकारात्मक परिवर्तन ल्याउँछन्। मुटुरोगको जोखिम भएका व्यक्तिहरूलाई चिसोको कारणले हृदयाघात पनि हुन सक्छ।  

चिसोबाट सुरक्षित हुने, घर बाहिर ननिस्कने, घाम लागेपछि मात्र हिंड्ने, मदिरा र चुरोट नखाने।

मुटुरोगका लक्षण ? मुटु र छातिको बीच भागमा दुख्नु मुटुरोगको मुख्य लक्षण हो। यसका साथै  बिनाकारण मुटु ढुकढुक हुनु, थोरै हिंड्दा पनि स्वाँस्वाँ हुनु पनि यस रोगका लक्षण हुन्। शरीरमा पानी बढी हुनु, फोक्सोमा पानी जम्मा हुनु, अनुहार तथा खुट्टा सुन्निनु, बिनाकारण कमजोरी महसुस हुनु, बेहोस हुनु पनि मुटुरोगका लक्षण हुन्।

Must View