एनआरएनएको नवौं विश्व सम्मेलन २०१९ यस्तो देखियो काठमाडौंको ह्यात होटलमा
2.4K
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन २०१९ अक्टोवर १५ देखि काठमाडौंको ह्यात होटलमा शुरु भएको छ । ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ। दुई दिनसम्म चल्ने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ।
नेतृत्व गर्ने एनआरएन नेताहरु अर्बपति भए पनि संस्था भने टाट पल्टिएको अवस्थामा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा सम्मेलन बहिष्कार एनआरएनएका सारथी : यी हुन् ५ उपाध्यक्षका दाबेदार एनआरएनएको महासचिवमा कांग्रेस भर्सेस कांग्रेस !
विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन्। मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ। आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको हो।