नागरिक पोष्ट News


Vote for अभिमान शिंह बस्नेत - एन.आर.एन सचीव पदका उमेद्वार

3.8K

"मेरो अपिल"

आदरणिय गैर आवासिय नेपाली संघ (एन.आर.एन.ए) का अग्रज, दाजुभाई दिदीबहिनी ईस्टमित्रहरुमा म अष्ट्रेलिया निवासी अभिमान सिंह बस्नेतको तर्फबाट हार्दिक अभिबादन तथा नमस्कार!

एन.आर.एनको आगामी कार्यकालको लागि म निर्वाचित भएँ भने निम्न कुराहरुलाई प्राथमिकता साथ कार्यान्वयन गर्न नेतृत्वको टिममा रहेर काम गर्ने छु ।

१) एक पटकको नेपाली सधैंको नेपाली, हामीले खोजेको नेपाली नागरिकताको निरन्तरता हो, नयाँ नागरिकता हैन । २) पर्यटन प्रवर्द्दनमा एन।आर।एनहरुको प्रत्यक्ष सहभागिताका लागि जुट्ने। ३) Genealogy tourism लाइ प्राथमिकतामा राखेर योजना बनाउने। ४) संसारभरीको NCC ले ICC लाई तिर्दै आएको US $ ५ सदस्यता लेभी घटाउन पहल गर्ने । ५) ज्ञान शिपको आदान प्रदानका लागि कार्यक्रम बनाएर ब्यबसायी, बौद्दिक बर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्ने। ६) बर्तमान समयमा ICC का अधिकांश कामहरुलाई NCC ले हरेक प्रकारले सहयोग गर्दै आइरहेकोमा आगामी दिनमा ICC ले NCC लाई पनि अझ बढी सहयोग गर्ने बाताबरण बनाउने, दोहोरो सहकार्यका लागि काम गर्ने। ७) ICC र NCC को प्रत्यक्ष कम्युनिकेसनको बाताबरण बनाउने । ८) ICC को योजना अनि कार्यक्रमहरुलाई NCC सम्म पुर्याउन समन्वयकारी भूमिकामा रहेर काम गर्ने। ९) ICC सचिबको रुपमा महासचिब र अध्यक्षलाई साथ दिँदै समितीमा सकृय भूमिका खेल्ने।

माथि उल्लेखित योजनाहरुलाई मेरो एजेण्डाको रुपमा आगाडी ल्याएको छु। नेपाल पुगेपछी छलफल, परिस्थिती र भूमिका हेरेर यसलाई अझ परिस्कृत गर्ने छु। आगामी २ बर्ष मेरा एजेण्डाहरु मात्र होइन तपाईंहरूको सल्लाह र सुझाबलाई पनि समेटेर मैले मेरो क्षमताले भ्याएसम्म एन।आर।एनहरुले लिएको उद्देश्य र योजना कार्यान्वयन गर्न कटिबद्द रहेने छु।

आगामी अक्टोबर १३ -१६ मा नेपालमा हुन गैरहेको एन।आर।एन।ए अन्तरराष्ट्रिय परिषद(ICC) को सम्मेलनको दौरानमा हुने निर्वाचनमा म आँफु पनि सचिब पदको आकांक्षी रहेको कुरा यहाँहरु सबैमा सविनय जानकारी गराउन पाउँदा खुशी लागेको छ। म सन् २००८ बाट अस्ट्रेलियाको ब्रिसबेन शहरमा बसोबास गरिरहेको छु । सन् २०१५ -२०१७ को कार्यकालको लागि एन।आर।एन अस्ट्रेलियाको उपाध्यक्ष र कुईन्स्ल्याण्ड राज्य सँयोजक भएर काम गरे यता निरन्तर रुपमा म नेपाली डायस्पोराको अष्ट्रेलियाली समाजमा सकृय छु र यस अघि नेपाल रहँदा देखि नै सामाजिक सरोकारका काममा आफ्नो क्षमता र दक्षताले भ्याएसम्म लागि परिरहेकै छु।

मलाई अहिले तपाइँहरुको साथ र सहयोगको जरूरी रहेको छ। मलाई आशा छ विश्वभरी छरिएर रहनु भएका एन।आर।एन अग्रज अनि दाजुभाई दिदिबहिनीहरुले मलाई एन।आर।एन अभियानमा पूर्ण सहयोग गर्नु नै हुनेछ।

तपाइँहरुको मार्गनिर्देशन, सल्लाह र सुझाबको अपेक्षा सहित!

- अभिमान शिंह बस्नेत ब्रिजबेन ,अस्ट्रेलिया +६१ ४०६४४१००२

Must View