सीको नेपाल राजकीय भ्रमणमा भव्य स्वागत, २१ तोपको सलामी
4.6K
चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा २०७६ साल असोज २५ गते अपराह्न विशेष विमानबाट काठमाडौँमा आए। नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरेका थिए । नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।
तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी छन् ।
सीको स्वागतमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्म