नागरिक पोष्ट News


क्यान्सरलाई जितेकी मनीषा कोइराला ! क्यासरपछि पनि जीवन छ…शेयर गर्नुहोस

4.4K

हामीले पहिला आफैँले आफैँलाई मूल्यांकन गर्न आवश्यक छ।र यो आफूमा भर पर्ने कुरा हो, कसरी सकारात्मक हुने। मलाई लाग्छ, कसैको पनि जीवनमा समस्या नआउने हुँदैन। समस्या आउँछ भने, त्यहाँ पक्कै पनि समाधान पनि आउँछ। समस्यामा उल्झन हैन, समाधानको बाटो हिड्न खोजौँ।

सकारात्मक दृष्टिकोण भयो भने जीवनलाई विभिन्न आयामबाट, दृष्टिकोणबाट हेर्न पनि जानिन्छ। भन्छन् नि, ‘जीवनलाई आधा खालि भएको देख्ने कि आधा भरिएको देख्ने।’अब आयो आध्यात्मिक पाटो। यसमा अदृश्य शक्तिको विश्वास हो। यसमा तपाईँले जुन धर्म, संस्कृतिलाई अपनाउनु हुन्छ, त्यही नै महत्वपूर्ण हुन्छ। ध्यान, साधना, योगाजस्ता कुरा यहाँ पर्न आउँछ। मलाई लाग्छ, मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष पनि यही हो।यदि यी सबैको बिचमा सद्भाव र सन्तुलन भयो भने र यसलाई नियाल्दै गएमा तपाईँलाई के आवश्यक छ भन्ने बारे तपाईँले थाहा पाउनुहुन्छ।नआत्तिकन पूर्ण विश्वासका साथ उपचार गर्नुहोस्।

मेरो बारेमा भन्नुपर्दा त्यो चौथो तहको क्यान्सर थियो।तर भगवान ममाथि दयालु भए, मेरा चिकित्सक उत्कृष्ट थिए, मलाई मेरो परिवारको एकदमै ठूलो समर्थन थियो। त्यो सबैले मलाई उपचारमा सहयोग गर्‍यो। अहिले म क्यान्सरमुक्त भएको छु र एकदम ठीक छु। अहिले ७ वर्ष भयो।क्यान्सर हुनु मृत्युदण्ड होइन, क्यासरपछि पनि जीवन छ। केही छैन भने पनि आशा छ। मलाई लाग्छ- सायद क्यान्सरपछि जीवन अझै राम्रो हुन्छ।

Image result for क्यान्सरलाई जितेकी मनीषा कोइराला

मलाई नै लाग्छ- म क्यान्सर अगाडिको जीवन भन्दा अहिले उत्तम जीवन जिउँछु। पीडा भइसकेको मान्छेले, भोगेको मान्छेले सचेत भएर जीवन जिउँछ। पीडामा नभएको र दुख नउठाएको मान्छेले अलिकति लापरवाह जीवनशैली जीउने रहेछ। क्यान्सरले मलाई स्वस्थ्य जीवन जीउनु अति आवश्यक रहेछ भन्ने बोध गरायो र जीवनलाई रमाएर जिउन सिकायो।हामी जति बाँच्छौ, किन खुसी हुन सक्दैनौँ? हामी एकपल्ट जाने नै हो नि। हामीलाई दुखी बनाउने कुरालाई किन छोड्न सक्दैनौँ र हाम्रो सकारात्मक सोचलाई हामी किन अरुसँग बाँड्न सक्दैनौँ ? मलाई के लाग्छ भने एउटा सुखी र स्वस्थ्य मान्छेले अरुलाई पनि केही योगदान गर्न सक्छ।

Must View