नागरिक पोष्ट News


डिप्रेसनबारे भ्रम : डिप्रेसन एउटा रोग हो, डिप्रेसन भएको व्यक्तिले आत्महत्या गर्न सक्छ !

2.6K

Dr. Rabindra Sameer

हामो समाजले जुनसुकै मानसिक रोगलाई पनि डिप्रेसन भन्छ | यो सरासर गलत हो | सयौं मानसिक रोगमध्ये डिप्रेसन एउटा रोग हो | डिप्रेसन भएको व्यक्ति डर मान्ने, साहस / उमंग / आत्मबल कम भएको हुन्छ | डिप्रेसन भएको व्यक्तिले आत्महत्या गर्न सक्छ | तर पागलपन देखाउदैन | हिंस्रक हुँदैन | डिप्रेसनको औषधि खाएको व्यक्ति सामान्यतया नर्मल हुन्छ | डिप्रेसनको औषधि खाएको व्यक्तिले आबेशमा आएर तथानाम गर्दैन | उसले आफुलाई हानि गर्न सक्छ तर अरुलाई हानी गर्ने हिम्मत गर्दैन | तसर्थ फलानोलाई यति बर्षदेखि डिप्रेसन थियो, डिप्रेसनको औषधि खाइरहेको थियो ... भनेर ह्य्मुलेट गर्नु अर्को अपराध हो | साइकोसिस पागलपन हो भने डिप्रेसन साइकोसिस हैन, न्युरोसिस हो | साइकोसिसमा मुड हाइ हुन्छ भने डिप्रेसन लगायतका न्युरोसिसमा मुड लो हुन्छ | सिजोफ्रेनिया, बाइपोलार, हाइपोम्यानिया, म्यानिया लगायतका साइकोसिस रोगमा मुड हाइ हुने हुँदा उग्र गतिबिधि गर्छन | उनीहरुले अरुलाई हानि गर्न सक्छन | झगडा गर्ने , कुटपिट गर्ने, कराउने, ठूलाठूला कुरा गर्ने, बल तथा शक्ति प्रदर्शन गर्ने, औषधि खान नमान्ने, कराउदै हिंड्ने, नांगै हिंड्ने, आम भाषामा बहुलाउने गर्छन | उनीहरुको हाइ मुड तथा उग्र गतिबिधि रोक्नको लागि दिइएको औषधि नखाएमा, आफैले औषधि छोडेमा उग्र गतिबिधि झन् बढ्छन् | तसर्थ सम्बन्धित व्यक्तिको रोग नबुझिकन डिप्रेसन भएको, डिप्रेसनको औषधि खाएको र यस्तो गरेको भनेर सबै मानसिक रोगलाई डिप्रेसन नभनौं | डिप्रेसनको औषधि खाइरहेको व्यक्तिले अन्य स्वस्थ्य मान्छेले जस्तै आफ्ना काम गरिरहेको हुन्छ | औषधिले काम नगरेमा उ भित्रभित्रै पीडित हुन्छ तर तथानाम गर्दैन | डिप्रेसन अवसाद हो, पागलपन हैन | . डिप्रेसन उदासीपन हो भने म्यानिया उन्माद हो | . ( यो कुनै घटना वा व्यक्तिप्रति लक्षित हैन | आम प्रवृतिबारे हो | )

Must View