नागरिक पोष्ट News


महरा-शाही प्रकरणमा दोषी को ? बयान परिवर्तन गर्दा पनि सजाय हुने

2K

कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने सबैको एक स्वर छ ।  घट्नाबारे पीडित व्यक्तिको विवादास्पद कुराले अहिले अनुशन्धानलाई अन्तै मोड्न खोजिएको आशंका छ ।झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिनेगरि बयान दिए मुलुकी ऐनको फौजदारी संहिताको दफा ४४ अनुसार पीडितले जाहेरी दिएपछि, बयान परिवर्तन गर्दा उसलाई पनि सजाय हुने नियम छ ।  शाहीले पहिलो भिडियोमा महरा आफूकहाँ आएको र अर्को भिडियामो नआएको र महरा पितासरहको मान्छे भनेर बोलेको कुरा नै अस्वभाविक देखिन्छ ।

बलात्कार भएको हो कि होईन भन्ने कुरा अनुशन्धानबाट मात्रै थाहा हुन्छ, शाहीले जाहेरी नदिएपनि उनले नै हटलाईनमा सम्पर्क गरेर घट्नाको बारेमा जानकारी गराएकोले अनुशन्धान प्रहरी को जारी रहन्छ । यसमा लिखित उजुरी वा किटानी जाहेरी चाहिँदैन् । महिलालाई अन्याय भएको भए न्याय दिनुपर्ने र महरालाई पनि गलत आरोप लगाईएको हो भने प्रतिष्ठामा आँच पुगेको कानूविद्हरुले बताएका छन् । यदि शाहीले दिएको पहिलो भिडियोमा लगाएको आरोप गलत सावित भए उनलाई साईबर क्राईमको मुद्दा चलाउन सकिने छ ।   

Must View