नागरिक पोष्ट News


ऐतिहासिक लाम बगर महिला समाजद्धारा शुभकामना आदान प्रदान

3.6K

आज मिती २०७६ असोज १५ गते ऐतिहासिक लाम बगर महिला समाज को सदस्यताहरुको परिचय कार्ड वितरण र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा नेपाली काग्रेस काठमाण्डाँै जिल्ला को पूर्व सभापति एवं प्रतिनिधि सभा संघिय सासंद माननीय भीमसेन दास प्रधान ज्यू को प्रमुख आतिथ्यता रहेको थियो ।

यस शुभकामना आदान प्रदान कार्यक्रममा महिला समाजका सम्पुर्ण सदस्य,उपस्थित महानुभावहरु स्थानीय महिलाहरुको उल्लेखनीय उपस्थित रहेको थियो । कार्यक्रममा सो संस्था को अध्यक्ष लक्ष्मी काफ्लेले स्वागत मन्तव्य भन्दै यस्तो कार्यक्रमले हाम्रो रितीरिवाज तथा संस्कृतिको जर्गेना हुने बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रम आफ्नो र सस्थाको तर्फबाट राख्न पहल गर्ने बताउनु भयो ।

त्यसै गरि कार्यक्रममा काठमाण्डाँै क्षेत्र नं. ६ का क्षेत्रिय सभापति स्याम कृष्ण खड्गी ,नेपाली कग्रेसका महा समिती सदस्य मोहमद निजामुदिन ,महाअधिवेशन का प्रतिनिधि तथा युवा नेता इन्द्रमान महर्जन ,श्री राम थापा ,हिरा तिवारी ,विमला थपलिया , कपिल सानुकाजी मर्हजन लगायत का अतिथिहरुको उपस्थित रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि भिमसेन दास प्रधानले चाडपर्व आफ्नो गच्छे अनुसार मनाउनु पर्ने र एक आपसमा समझदारी को भावना हुनुपर्ने भन्दै फजुल खर्च भन्दा सबै मिलीजुली चाडपर्व मनाउनु पर्ने सन्देश दिदै बडा दसै,छठ,नेपाल सम्बतको शुभकामना दिनु भयो भने मनमैज्यु महिला उत्थान समाज की अध्यक्ष रत्न मर्हजनले  कार्यक्रम समापन गर्नु भएको थियो ।

Must View