नागरिक पोष्ट News


भूकम्प गयो पाकिस्तानमा देखि भारतको दिल्ली सम्म, सडक चिराचिरा (फोटो सहित)

3K

पाकिस्तान र भारतको सीमाक्षेत्रमा २४ सेम्टेम्वर २०१९ को साँझ ५ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जहाँ १९ भन्दा बढीको निधन भएको छ भने तीन सय भन्दा धेरै घाइते भएका छन् । पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार २९ सेपटेम्बर मंगलबार अपरान्ह ४ बजे पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रविन्दु बनाएर भूकम्प आएको हो।

८-१० सेकेन्डसम्म निकै बलियो धक्का महशुस गरिएको समाचार पत्र द डनले उल्लेख गरेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ। 

थुप्रैतिरबाट जमिन चिरा परेका र घरहरू भत्किएका तस्बिरहरू आएका छन्। भारतको राजधानी नयाँदिल्लीसहित भारतका थुप्रै शहरमा समेत धक्का महसुस गरिएकाे छ । भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन्।हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ।भारतको मौसम विभागले भने भूकम्प ६.३ म्याग्नेच्युड भएको बताएको छ।

Must View