नागरिक पोष्ट News


फेरि काठमाडौमा राँगा फुत्केर बितण्डा मच्चाएपछि

1.4K

काठमाण्डौ – २०७६ साल असोज ७ गते मंगलबार बिहानै म:म बनाउन तराईबाट ल्याइएको राँगा फुत्केर भ द्रगोल म च्चाएपछि प्रहरीले त्यसलाई     गोली हानी मारेको छ। स्वयम्भूतर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले मा र्नु परेको हो  । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान चार बजे स्वयम्भू क्षेत्रबाट राँगा फु त्केको हो। मान्छेलाई हा न्दै न्युरोड आइपुगेको राँगालाई प्रहरीले गो लि नै हा न्नु परेको थियो। 

राँगाले हा नेर तीन जना घाइते भएका छन्। स्वयम्भूबाट राँगा भाग्दै कालिमाटी आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। कालिमाटीबाट राँगा पछ्याउँदै प्रहरी न्युरोडसम्म आएको थियो।

यसअघि २०७५ साल फागुन ११ गते चन्द्रागिरि नगरपालिकामा राँगोले हं गामा म च्चाउँदा दुई जनाको निधन भएको थियो भने प्रहरी हबल्दारसहित ६ जना घाइते भएका थिए । त्यति बेला पनि चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँ हुँदै दहचोकसम्म ल खेटेर प्रहरीले सो राँगोलाई मा रेको थियो ।

Must View