नागरिक पोष्ट News


स्क्रब टाइफसको संक्रमण, ६३ जिल्ला प्रभावित

2.3K

डेंगु रोगको संक्रमण फैलिएको समयमा अर्को रोग स्क्रब टाइफसले ६३ जिल्लालाई प्रभावित बनाएको छ । 

मुसामा हुने माईट नामको जिवाणुबाट मानिसमा सर्ने स्क्रबटाइफबाट साउन १ गतेदेखि असोज ६ गतेसम्म  ६ सय ९५ जना बिरामी भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।  स्क्रब टाइफसको कारण ३ जनाको मृत्यु भएको छ ।

विशेषगरी खेतबारी, जंगल तथा झाडी हुने मुसामा रहेको माइटका कारण स्क्रब टाइफस लागेर मानिसहरु बिरामी हुने गरेको चिकित्सकहरु बताउँछन् ।

धादिङमा मात्रै ७४ जनामा यो रोग देखिएको छ । यस्तै डडेल्धुरा स्क्रब टाइफस संक्रमणको दोस्रो प्रभावित जिल्लामा पर्छ । डडेल्धुरामा ६१ जना स्क्रबटाइफसको संक्रमण देखिएको छ ।

यस्तै पाल्पामा ५९, रुपन्देहीमा ४६, गुल्मीमा ३६,  काठमाडौंमा २६, ललितपुरमा ११, काभ्रेमा १७, कपिलवस्तुमा १८, अर्घखाँचीमा १८, वर्दियामा १३, स्याङ्जामा १०, बाँकेमा २०, जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

प्रदेश ५ का जिल्लाहरुमा मात्रै २ सय ३७ जना स्क्रब टाइफसको संक्रमण देखिएको छ । यस्तै प्रदेश ३ मा २ सय ४, गण्डकी प्रदेशमा ५१, प्रदेश २ मा २२, प्रदेश १ मा १८ र कर्णाली प्रदेशमा ८ जनामा संक्रमण भएको महाशाखाको तथ्यांक छ ।

Must View